एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।...

सम्बन्धित सामग्री

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

काठमाडौं, २१ जेठ। सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी,रोमानिया,इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको हो। योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउनेछन्।