श्रम क्षेत्रमा आगामी आवको बजेट : रकम घट्यो तर थपिए लोकप्रिय कार्यक्रम

काठमाडौं : सरकारले आगामी वर्ष ०७९/८० का लागि श्रम, रोजगार तथा वैदेशिक रोजगारी क्षेत्रको बजेट कटौती गरेको छ। चालू आवको तुलनामा ५ अर्बको बजेट घटाएको हो। सरकारले आगामी आवमा श्रम क्षेत्रमा बजेटको आकार घटाए पनि लोकप्रियता कमाउने खालका कार्यक्रम अगाडि सारेको छ। सरकारले श्रम, रोजगार र वैदेशिक रोजगारी क्षेत्रका लागि आगामी आव ०७९/८० को बजेटमा ९ अर्ब १३ करोड रूपैयाँ विनियोजन गरेको छ। चालू आवमा १४ अर्ब २१ करोड बजेट विनियोजन गरिएको थियो। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी