बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ। वैदेशिक रोजगारी जान चाहने व्यक्तिलाई नगरपालिकाले स्वीकृति दिन सुरु गरेको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिए। यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि नगरपालिकाले पनि श्रम स्वीकृति दिन थालेको जनाएको छ।सरकारले गत चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहको रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो।सोही निर्णयका आधारमा