काठमाण्डौ – सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवासँगै वैदेशिक रोजगारी सम्बन्धी अन्य काम पनि गर्न थालेका छन् ।
नयाँ, संस्थागत र पुनः श्रम स्वीकृतिसँगै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले कामको माग निर्धारण, अनुगमन, मूल्याङ्कन लगायतको काम पनि गर्न सुरुवात गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसअघि प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृति सम्बन्धी सेवा मात्रै प्रदान हुँदै आएको थियो ।
तर पछिल्लो समय भने वैदेशिक रोजगारीमा श्रमिक पठाउन निश्चित सङ्ख्यामा...