काठमाण्डौ – श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवलबाट वैदेशिक रोजगारी सम्बन्धित थप सेवा प्रदान हुने भएको छ ।
यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै प्रदान हुँदै आएकोमा अबदेखि नयाँ श्रम स्वीकृति प्रदान गर्नुका साथै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूको निवेदन लिने र श्रम स्वीकृति प्रदान गर्ने लगायतका काम गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसअघि धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले पुनः श्रम स्वीकृति प्रदान गर्ने...