राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले देशमा माओवादी र जनयुद्ध नामक सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुनै नसक्ने ठोकुवा गरेका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बिडारीले भने, ‘प्रचण्ड ओलीको मायाजालमा नपरेको भए संविधान घोषणापछि ओली कहिल्यै प्रधानमन्त्री हुनुहुन्नथ्यो । यो देशमा माओवादी र जनयुद्ध सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्नथ्यो ।’
मंगलवारको प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनप्रति लक्षित ग...