पञ्चायतीविरुद्ध लडेका १६ जनालाई सहिद घोषणा - Naya Patrika

२०३६ सालको छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई सरकारले राष्ट्रिय शहिद घोषणा गरेसँग शहिद परिवारमा खुशीयाली छाएको छ । पञ्चायती शासनविरुद्ध लडेका छिन्ताङ, खोकु, आँखिसल्लाका १६ जनालाई सरकारले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय

दोस्रो जनआन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागि घाइते भएको १७ वर्षपछि दिवंगत हुनुभएका मुकेश कायस्थलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो सहिदका रूपमा चिनिएका कायस्थलाई सहिदको घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कायस्थको गत …

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद […]

दोहोर्‍याएर सहिद घोषणा

पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ। २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद घोषणा गरेको छ। नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७…

दोहोर्याएर सहिद घोषणा

पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ । २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।

संरक्षण सहिद घोषणा भएन

सशस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले गत साता सहिद घोषणा गरेको छ । चितवनबाट २०७० सालमा चुनाव जितेर अहिलेको कामचलाउ सरकारका वनमन्त्री विक्रम पाण्डेको पहलमा सहिद घोषणा भएको भनिएको छ।

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

३८ वर्षपछि सहिद घोषणा

पञ्चायती सत्ताले हत्या गरेका १६ जनालाई वर्तमान सरकारले सहिद घोषणा गरेपछि खोकु छिन्ताङ र आँखीसल्लावासीले न्याय पाएका छन् । २०३६ कात्तिक २४ देखि २९ गतेसम्म खोकु छिन्ताङ र आँखीसल्लामा पञ्चायती सत्ताबाट १६ जना मारिएका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गरेको छ । सरकारले सहिद घोषणा गरेपछि बल्ल न्याय पाएको अनुभूति भएको भलकमान राईले बताए । उनकी आमा हाङखिमा साइँली (श्रीमाया राई) सहिद घोषित भएकी छिन् । लामो समयदेखि रहेको यो राजनीतिक मुद्दा बल्ल आएर टुंगिएको राईले बताए।