पञ्चायती सत्ताले हत्या गरेका १६ जनालाई वर्तमान सरकारले सहिद घोषणा गरेपछि खोकु छिन्ताङ र आँखीसल्लावासीले न्याय पाएका छन् । २०३६ कात्तिक २४ देखि २९ गतेसम्म खोकु छिन्ताङ र आँखीसल्लामा पञ्चायती सत्ताबाट १६ जना मारिएका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गरेको छ ।
सरकारले सहिद घोषणा गरेपछि बल्ल न्याय पाएको अनुभूति भएको भलकमान राईले बताए । उनकी आमा हाङखिमा साइँली (श्रीमाया राई) सहिद घोषित भएकी छिन् । लामो समयदेखि रहेको यो राजनीतिक मुद्दा बल्ल आएर टुंगिएको राईले बताए।