प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरे पनि नवनियुक्त मन्त्रीहरु पुरानै क्वार्टरमा बस्नुपर्ने भएको छ । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास अझै तयार नभएकोले मन्त्रीहरु पुल्चोकस्थित पुरानै निवासमा बस्नुपर्ने भएको हो । अहिलेसम्म मन्त्री निवासको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशतमात्र पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष […]