कांग्रेसको पौडेल पक्षका नेताहरु चाक्सीबारीमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । पौडेलले बोलाएको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित छन् […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : उम्मेद्वार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं । सभापतिको उम्मेदवारसहित पदाधिकारी टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि बिहानैदेखि व्यस्त भएका छन् । हिजो राती अबेरसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि सो समूहले आज बिहानैदेखि छलफल थालेको हो । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापनइतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । हिजोको बैठकमा पदाधिकारीमा को–को उठ्ने […]

कांग्रेसको बन्दसत्र सकियो, पौडेल पक्ष सहभागी भएन

नेपाली काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । भृकुटीमण्डपमा शुक्रबार राति सम्पन्न भएको बन्दसत्रमा रामचन्द्र पौडेल पक्षका नेताहरुको भने सहभागिता रहेन । पौडेल पक्षका नेताहरु बन्दसत्र छाडेर आफू पक्षीय उम्मेदवार चयनका लागि छुट्टै छलफलमा रहेका थिए । बन्दसत्रबाट कोषाध्यक्ष सीता कुमारी यादवको आर्थिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठासम्बन्धी प्रतिवेदन पारित भएको हो । अब शनिबारदेखि नयाँ नेतृत्व चयनका निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

कांग्रेसको संस्थापन इतरका साझा उम्मेदवार तय हुने सम्भावना कमजोर, नेताहरु छलफलमा

काठमाडौँ – साझा उम्मेदवार छान्न नसकेर सकसमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु फेरि छलफलमा जुटेका छन् । सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास स्वरुप सो समूहका नेताहरु गौशालाको अनुपम फुडल्याण्डमा भेला भएका छन् । मंगलबारका बैठकहरु बिना निष्कर्ष सकिएका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितले साझा उम्मेदवार तय गर्न […]

सभापतिको साझा उम्मेदवार बनाउन पौडेल पक्षका कार्यकर्ताको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन पक्ष इतरका नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा रणनीति तय गर्न बैठक बसिरहेका छन्। भित्र नेताहरु छलफलमा जुटिरहँदा सभापतिको साझा उम्मेदवार तय गर्न माग गर्दै बाहिरबाट कार्यकर्ताहरुले दबाब दिएका छन्। संस्थापनइतर निकट कार्यकर्ताहरु चाक्सीबारी पुगेर साझा उम्मेदवार तय गर्न दबाब दिएका हुन्। उनीहरुले प्लेकार्डसहित बैठकस्थल बाहिर प्रदर्शन गरेका छन्। संस्थापन इतर पक्षबाट […]

जिल्ला सभापतिहरुको अनशन तोडाउन कांग्रेस नेताहरु सानेपा जाँदै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको अनशन तोडाउन कांग्रेस नेताहरु अनशनस्थल सानेपास्थित कांग्रेस मुख्यालयतर्फ लागेका छन्। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन बालुवाटारबाट सानेपा गएको स्रोतले बताएको छ। शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका…

पौडेल पक्षका नेताहरुबिच छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।

सभापतिलाई क्रियाशीलको प्रतिवेदन बुझाउनुअघि पौडेल पक्ष जुट्यो छलफलमा

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् ।  सोमबार विहान पौने ९ बजेबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा पौडेल पक्षीय शीर्ष नेताबीच छलफल भइरहेको छ ।१४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न नेताहरु  बैठकमा बसेको स्रोतले रातोपाटीलाई जानकारी दियो । काँग्रेसमा बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद थियो । उक्त विवाद टुङ्ग्याउन काँग्रेसम

शशांक कोइरालाको निवासमा पौडेल पक्षका नेताहरुको बैठक

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् । बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ […]

रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटे

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् । ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा सो समूहको छलफल भइरहेको छ । छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।