नेपाली काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । भृकुटीमण्डपमा शुक्रबार राति सम्पन्न भएको बन्दसत्रमा रामचन्द्र पौडेल पक्षका नेताहरुको भने सहभागिता रहेन । पौडेल पक्षका नेताहरु बन्दसत्र छाडेर आफू पक्षीय उम्मेदवार चयनका लागि छुट्टै छलफलमा रहेका थिए ।
बन्दसत्रबाट कोषाध्यक्ष सीता कुमारी यादवको आर्थिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठासम्बन्धी प्रतिवेदन पारित भएको हो । अब शनिबारदेखि नयाँ नेतृत्व चयनका निर्वाचन प्रक्रिया सुरु हुनेछ ।