रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटे

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् । ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा सो समूहको छलफल भइरहेको छ । छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्षका शुक्रराज शर्माको अग्रता

पोखरा : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा शनिवार भएको प्रदेश अधिवेशनको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार शुक्रराज शर्माले सभापति पदमा अग्रता लिएका छन्। पोखराको उद्योग वाणिज्य हलमा जारी मतगणनामा दुई सय मत गन्दा शर्माले १ सय २ मत प्राप्त गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका…

काँग्रेसको कपिलवस्तु सभापतिमा पौडेल पक्षका अब्दुल कलाम निर्वाचित

नेपाली काँग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम खाँ  निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी भएका हुन् । एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका थिए ।कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने आचार्य सभापति शेरबहादुर देउवा पक्षकाबा उम्मेदवार बनेका थिए । यस्तै उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।

दोलखा कांग्रेसको सभापतिमा पौडेल पक्षका बर्मा लामा विजयी

काठमाडौं : नेपाली कांग्रेस दोलखाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा विजयी भएका छन्। पहिलो चरणको निर्वाचनमा चार जना उम्मेद्वार रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्। सोमवार भएको मतदानमा लामाले ८७७ मत पाए। उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत…

पौडेल पक्षका नेताहरुबिच छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्ना बस्दै

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । यसअघि जिल्ला […]

शशांक कोइरालाको निवासमा पौडेल पक्षका नेताहरुको बैठक

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् । बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ […]

ठमेलमा पौडेल पक्षका जिल्ला सभापतिको भेला सुरू

पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले सोमबार काठमाडौंमा भेला गरेका हुन्।

पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।दिउँसो १२ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने जनाइएकोछ।बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाउने जनाइएको छ।पौडेल पक्षमा सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी हुन नहुने आवाज पनि उठिरहेको छ।

पौडेल पक्षका नेताहरूको एउटै स्वरः तोकिएकै मितिमा अधिवेशन

काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने बताएका छन्। संस्थापन पक्षका नेताले मिडियामा अधिवेशन सर्न सक्ने संकेत गरेपछि महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने, क्रियाशील सदस्यता विवाद मापदण्डका आधारमा छिटो टुङ्ग्याउनुपर्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए।