फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

कात्तिक ८, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका केही संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यायल, ज्ञानेश्वर, काठमाडौंमा व्यहोरा खुलाइ निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १ लाख ५० हजार किक्ता शेयर चैत १३ गतेदेखि वित्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धमा मृुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपक्र चैत १६ गते विहान १० बजे खोलिने कार्यत्रम समेत तय भैसकेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १ लाख ५० हजार किक्ता शेयर चैत १३ गतेदेखि वित्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धमा मृुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपक्र चैत १६ गते विहान १० बजे खोलिने कार्यत्रम समेत तय भैसकेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

भदौ २, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँट गरिएको छ ।  कम्पनीले १ लाख कित्ता संस्थापक शेयर विक्रीका लागि साउन १३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र साउन २७ गते बाँडफाँट गरेको हो ।  कम्पनीले प्रतिकित्ता रू. ३४५ मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा प्रतिकित्ता रू. ३४५ का दरले आवेदन दिने आवेदकलाई माग बमोजिम १ हजार ५०० कित्ता कित्ता शेयर बाँडफाँट गरेको हो ।  साथै, बढी रकम भुक्तानी गर्ने आवेदकहरुको शेयर वापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।

आजदेखि फर्स्ट माइक्रोफाइनान्सको ३ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, २१ साउन । आजदेखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर लिलामीमा आएको छ । आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको कम्पनीको ३ लाख १९ हजार ४१० कित्ता शेयर उक्त शेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको जनाइएको छ । कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता १०० तोकिएको हुनाले आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]

फर्स्ट माइक्रोफाइनान्सको ८० हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

साउन २०, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ ।  कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपश्चात लिलामीमा विक्री गर्न लागेको हो । प्रतिकित्ता रू. ३०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि साउन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।  तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य तोकिएको बोलपत्र मात्र बाँडफाँटमा सहभागी गराइनेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।  यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन २० गतेपश्चात सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बुधवारदेखि लिलामीमा

साउन ११, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बुधवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।  कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।  इच्छुक आवेदकले यस लिलामी शेयरमा साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।  विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

असार १३, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (आइतवार) देखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले साउन १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. ३४५ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री बिओके क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदैं

वैशाख २८, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८१ हजरा ५०० कित्ता संस्थापक शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।  कम्पनीले ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि चैत २३ गतेदेखि वैशाख २५ गतेसम्म बोलपत्र आव्हान गरेको थियो ।  सो अवधिभित्र प्राप्त बोलपत्र बिहान ११ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ ।  प्रतिकित्ता न्यूनतम मूल्य रू. ३०० तोकिएको यो शेयरमा सबैभन्दा बढी रकम अंकित गरी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट हुनेछ ।