फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बुधवारदेखि लिलामीमा

साउन ११, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बुधवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।  कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।  इच्छुक आवेदकले यस लिलामी शेयरमा साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।  विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

भदौ २, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँट गरिएको छ ।  कम्पनीले १ लाख कित्ता संस्थापक शेयर विक्रीका लागि साउन १३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र साउन २७ गते बाँडफाँट गरेको हो ।  कम्पनीले प्रतिकित्ता रू. ३४५ मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा प्रतिकित्ता रू. ३४५ का दरले आवेदन दिने आवेदकलाई माग बमोजिम १ हजार ५०० कित्ता कित्ता शेयर बाँडफाँट गरेको हो ।  साथै, बढी रकम भुक्तानी गर्ने आवेदकहरुको शेयर वापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

साउन २६, काठमाडौं । साउन २० गतेदेखि विक्रीमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको ८० हजार ५०० कित्ता संस्थापक शेयर साउन २६ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो ।  प्रतिकित्ता रू. ३०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।  यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन २० गतेपश्चात सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार

साउन २५, काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर साउन २० गतेदेखि लिलामीमा ल्याएको हो ।  इच्छुक आवेदकले न्यूनतम रू. ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतमको लागि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  मंगलवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्रहरु साउन २७ गते विक्री प्रबन्धकको कार्यालयमा ३ बजे खोलिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आजदेखि फर्स्ट माइक्रोफाइनान्सको ३ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, २१ साउन । आजदेखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर लिलामीमा आएको छ । आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको कम्पनीको ३ लाख १९ हजार ४१० कित्ता शेयर उक्त शेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको जनाइएको छ । कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता १०० तोकिएको हुनाले आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]

फर्स्ट माइक्रोफाइनान्सको ८० हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

साउन २०, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ ।  कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपश्चात लिलामीमा विक्री गर्न लागेको हो । प्रतिकित्ता रू. ३०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि साउन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।  तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य तोकिएको बोलपत्र मात्र बाँडफाँटमा सहभागी गराइनेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।  यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन २० गतेपश्चात सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

असार १३, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (आइतवार) देखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले साउन १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. ३४५ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री बिओके क्यापिटल लिमिटेड रहेको छ ।