फर्स्ट माइक्रोफाइनान्सको ८० हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

साउन २०, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ ।  कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपश्चात लिलामीमा विक्री गर्न लागेको हो । प्रतिकित्ता रू. ३०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि साउन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।  तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य तोकिएको बोलपत्र मात्र बाँडफाँटमा सहभागी गराइनेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।  यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन २० गतेपश्चात सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

साउन २६, काठमाडौं । साउन २० गतेदेखि विक्रीमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको ८० हजार ५०० कित्ता संस्थापक शेयर साउन २६ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो ।  प्रतिकित्ता रू. ३०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।  यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन २० गतेपश्चात सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार

साउन २५, काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर साउन २० गतेदेखि लिलामीमा ल्याएको हो ।  इच्छुक आवेदकले न्यूनतम रू. ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतमको लागि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  मंगलवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्रहरु साउन २७ गते विक्री प्रबन्धकको कार्यालयमा ३ बजे खोलिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।