साउन २६, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर विक्रीको लागि आव्हान गरेको गोप्य शिलबन्दी बोलपत्र आज (मंगलवार) खोलिने भएको छ ।
कम्पनीले असार १३ गतेदेखि साउन २४ गतेसम्म उक्त शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बिहान ९:३० बजे विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय, नारायणचौर, नक्सालनमा खोलिने भएको हो ।
कम्पनीले प्रतिकित्ता रू. ३४५ मूल्य तोकेर न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने गरी यो शेयर विक्री गरेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी पेश भएका बोलपत्रहरु मात्र बाँडफाँटमा सहभागी हुनेछन् ।