फर्स्ट माइक्रोफाइनान्स र प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरीद गर्न पाउने

काठमाडौं । प्रभु बैंक र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा विक्री गर्ने भएका छन् । फर्स्ट माइक्रोफाइनान्सले फागुन २७ गतेदेखि १ लाख ५० हजार कित्ता र प्रभु बैंकले ८४ हजार १४४ कित्ता संस्थापक शेयर फागुन २५ गतेदेखि विक्रीमा ल्याएको हो । प्रभु बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । फर्स्ट माइक्रोफाइनान्सले प्रतिकित्ता ३१५ रूपैयाँ अंकित मूल्यमा शेयर विक्री गर्न लागेको हो भने प्रभु बैंकले भने शेयरको मूल्य तोकेको छैन् । प्रभु बैंकको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौं पेश गर्नुपर्नेछ । फर्स्ट माइक्रोफाइनान्सको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित मूल्यमा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिनुपर्नेछ । फर्स्ट माइक्रोफाइनान्सको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।  कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले ७ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १२औं वार्षिक साधारण सभा  बिहीवार हुँदै

मंसिर १५, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभा बिहीवार हुने भएको छ ।  कम्पनीले सभा बिहान ११ बजे अम्रपाली ब्याक्वेंट भाटभटेनी काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले शेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द गरिसकेको छ । यस आधारमा मंसिर २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ सम्मको लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। माइक्रोफाइनान्सको १९ भदौमा बसेको सञ्चालक समिति बैठकले […] The post फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आजदेखि फर्स्ट माइक्रोफाइनान्सको ३ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, २१ साउन । आजदेखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर लिलामीमा आएको छ । आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको कम्पनीको ३ लाख १९ हजार ४१० कित्ता शेयर उक्त शेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको जनाइएको छ । कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता १०० तोकिएको हुनाले आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बुधवारदेखि लिलामीमा

साउन १२, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बुधवार साउन १३ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  इच्छुक आवेदकले  लिलामी शेयरमा आगामी साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने पनि कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १० गते बुधबार बसेको