वैशाख २८, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८१ हजरा ५०० कित्ता संस्थापक शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।
कम्पनीले ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि चैत २३ गतेदेखि वैशाख २५ गतेसम्म बोलपत्र आव्हान गरेको थियो ।
सो अवधिभित्र प्राप्त बोलपत्र बिहान ११ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ ।
प्रतिकित्ता न्यूनतम मूल्य रू. ३०० तोकिएको यो शेयरमा सबैभन्दा बढी रकम अंकित गरी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट हुनेछ ।