काठमाडौँमा निषेधाज्ञाबीच रोपाइँ सुरु, कामदार नपाएको गुनासो

काठमाडाैं : मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकाभित्रका किसानहरूलाई धान रोप्ने चटारो बढेको छ।  हामीले बुझेको काठमाडौँ  उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो। बढ्दो शहरीकरणले धान फल्ने खेतमा घर ठडिएका छन्। तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेतीयोग्य जमीन बाँकी छ।यिनै काँठ, ढाप र डोलहरूमा धान रोपाइँ सुरु भएको छ। उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ। यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ।काठमाडौँमा प्रख्यात रहेको पोखर

सम्बन्धित सामग्री

महिलाले पाएनन् समान ज्याला

कर्णाली प्रदेशमा महिला र पुरुष कामदारबिच समान ज्याला लागु हुन सकेको छैन । यहाँका श्रमिक कामदार तथा मजदुर महिलाले पुरुषको तुलनामा आधा मात्र ज्याला पाउने गरेका छन् । कर्णाली प्रदेश मुकाम सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दोहोरी, मसाज पार्लर, स्पा, खाजाघर, भट्टी पसल तथा निजी स्रोतबाट सञ्चालित उद्योग कारखानामा कार्यरत श्रमिक र मजदुर महिलाले समान ज्याला नपाएको गुनासो गरेका छन् । श्रमिक महिला रक्षा सङ्घद्वारा सुर्खेतमा आयोजित ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाको अवस्था’ विषयक अन्तर्क्रियामा यस्तो गुनासो गरिएको हो ।

दक्ष कामदार नपाएको इटा उद्योगको गुनासो

तीन लाख जनालाई प्रत्यक्ष रोजगार दिएको इटा उद्योगका लागि दक्ष कामदार पाउन नसकेको नेपाल इटा उद्योग उद्योग महासंघले जनाएको छ ।महासंघले ९५ प्रतिशत दक्ष कामदार भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको जनाएको छ । सोमबार धनगढीमा महासंघको १४ औं वार्षिक साधारण सभामा अध्यक्ष शंकरबहादुर चन्दले महासंघले नै इटा उद्योगका लागि दक्ष नेपाली कामदार उत्पादन गर्ने गरी कार्यक्रम […]

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ । कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ ।  लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सक...

साउदीमा अलपत्र ११ नेपाली युवा ४ महिनादेखि उद्धारको पर्खाइमा

दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका झापाका ११ जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि मात्र साउदी अरब पुगेका थिए । काठमाडौँको चक्रपथमा रहेको रिलायन्स रेक्रुइटमेन्ट सर्वेसेज प्रालिमार्फत आएको र सम्झौता अनुसारको काम र तलब नपाएको झापा मेचीनगर – १४ का साजन राजवंशीले गुनासो सुनाए । म्यानपावरकी सञ्चालिका सरिता […]

साउदीमा १८ नेपाली युवा अलपत्र, उद्धारको अपिल

दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका झापाका १७ र सर्लाहीका एक जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरु करिब ५ महिनाअघि मात्र साउदी अरब पुगेर पुगेका थिए । काठमाडौँको चक्रपथमा रहेको रिलायन्स रेक्रुइटमेन्ट सर्वेसेज प्रालिमार्फत आएको र सम्झौता अनुसारको काम र तलब नपाएको झापा मेचीनगर-८ का पूर्णकुमार तामाङले गुनासो सुनाए । म्यानपावरकी […]

निर्माण कामदार पारिकै

स्थानीयले रोजगारी नपाएको गुनासो बढिरहे पनि यहाँ विकास निर्माणका योजना र व्यक्तिगत काममा भने भारतीय कामदारको संख्या बढ्दो छ । स्थानीयस्तरमा दक्ष कामदार कम हुँदा मुख्य मिस्त्री र कामदारको रुपमा भारतीय श्रमिकले बढी काम पाएका हुन् । तर रोजगारीको खोजीमा अधिकांश स्थानीय भने भारततिर जाने गरेका छन् ।

वैदेशिक रोजगारीमा सधैँको सास्ती, सम्झौताअनुसार पाउँदैनन् सुविधा

काठमाडौं :  पछिल्लो समय नेपालीहरूको श्रम गन्तव्य मुलुकमा कामदारले सम्झौताअनुसार तलब सेवा सुविधा नपाएको गुनासो बढ्दै गएको छ।लामो समयदेखि कायम रहेको उक्त समस्या विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणपछि बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ।रोजगारदाता कम्पनीले कामदार लिँदा करारपत्रमा सम्झौता गरेअनुसारको पारिश्रमिक नदिएको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ। नेपाली कामदारको मुख्य समस्या नै पारिश्रमिक र सम्झौताअनुसारको काम नपाउने रहेको विभागले जनाएको छ।कोरोना महामारीका

आईसीपीमा कार्यरत मजदूर आन्दोलित

विराटनगर । एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरमा कार्यरत श्रमिक ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले श्रम शोषण गरेको भन्दै आन्दोलित भएका छन् । ट्रान्स नेपाल अन्तर्गत रहेर काम गर्ने श्रमिकहरू श्रम ऐन अनुसार सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । ट्रान्स नेपाल अन्तर्गत विराटनगर भन्सारमा करीब ३०० जना श्रमिक छन् । उनीहरूले सोमवार आईसीपी बाहिर पत्रकार सम्मेलन गरी आन्दोलन सशक्त बनाइने चेतावनी दिएका छन् । श्रम ऐन अनुसार सेवा सुविधा माग्दै विभिन्न चरणको छलफल र वार्तामा बस्दा पनि ट्रान्स नेपालले माग सुनवाइ नगरेको गुनासो श्रमिकको छ । आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको लामो समयदेखि भन्सारमा काम गर्दै आएका शम्भुकुमार यादवले बताए । ‘भन्सारमा काम गरेको वर्षौं भइसक्यो । अहिलेसम्म श्रम ऐनले तोकेको न्यूनतम सेवा सुविधा पनि दिएको छैन । ऐन नियम अनुसारको सेवा सुविधा माग्दा अहिलेसम्म हाम्रो माग सुनवाइ भएन,’ उनले भने । ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले इन्टरमोडल यातायात विकास समितिबाट पाँच वर्षका लागि आईसीपी व्यवस्थापनका लागि ३५ करोडभन्दा बढी रकममा ठेक्का पाएको हो । कम्पनीले यहाँ ठेकेदारमार्फत कामदार आपूर्ति गर्छ । श्रमिकले श्रम ऐन अनुसार सेवा सुविधा पाउनुपर्ने लगायत ९ सूत्रीय माग राखेका छन् । माग पूरा नभए मङ्सिर १२ गतेदेखि आईसीपी ठप्प पार्ने चेतावनी उनीहरूको छ । यता, ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालि विराटनगरका कार्यालय प्रमुख लक्ष्मी सुब्बाले भन्सारमा काम गर्ने श्रमिक स्वतन्त्र भएकाले आफ्नो कर्मचारी नभएको बताए । ‘हामीसँग उनीहरूको कुनै सम्बन्ध छैन,’ उनले भने ।

कोरिया जाने वातावरण मिलाउन आग्रह

कोरियाले विदेशी कामदार लैजान थालिसक्दासमेत नेपाली कामदार कोरिया जान नपाएको छनोट भइसकेका युवाहरूको गुनासो छ । नेपाली युवालाई कोरियाको रोजगारीमा पठाउन ढिलो भएको भन्दै संसद्मा आवाज उठेको छ । नेपाली कांग्रेसकी सांसद डा. डीला संग्रौलाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि १३ महिनादेखि पर्खिरहेका झन्डै १० हजार […]