कालीगण्डकीबाट ढुंगा निकाल्न नपाएको भन्दै म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक निर्माण ठप्प

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा-बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन् गर्न नपाएको भन्दै निर्माण कम्पनीले काम बन्द गरेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकेको हो ।  पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा बिहीवारदेखि रोकिएको छ । निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै काम रोकेको जानकारी दिएको हो ।  कम्पनीले कामदारहरूलाई घर पठाएको छ भने प्रयोग भएका उपकरणहरू साइट अफिसमा थन्काएर बसेको छ । सडकको निर्माण रोकिएपछि चौतर्फी दबाबका कारण शुरु भए पनि निर्माण सामग्री नहुँदा काम रोक्नु परेको निर्माण कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए । सडकको धेरै ठाउँमा सबबेस र बेस बिछ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नुपरेको दाहालले दाबी गरे । ‘सडकको क्षेत्रमा ढुंगा नै निस्कदैन, नजिकै बगेको नदीबाट निकाल्न स्थानीय प्रशासनले दिँदैन,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत निकास नदिएर उल्टै मुद्दा लम्बाउने प्रयास भएपछि गाडी र कामदार थन्काएर हिँड्न बाध्य भयौं ।’ सडक निर्माणको सम्झौताको अवधिमा र वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा समेत निर्माण सामग्री कालीगण्डकी नदीबाट नै उत्खनन् गर्ने उल्लेख छ । अहिलेसम्म कालीगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाए पनि महँगोमा किनेर काम गर्दै आएको तर अब कुनै पनि हालतमा काम अघि बढाउन नसक्ने अवस्था भएकाले काम बन्द गर्नुपरेको दाबी निर्माण कम्पनीको छ । नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सयौं मजदुर, दर्जनौं डोजर, टिपर थन्काएर राख्नुपरेको उनको गुनासो छ ।  कालीगण्डकी धार्मिक नदी पनि हो । यहाँ शालिग्राम पाइन्छ । तर, नदीबाट जथाभावी उत्खनन्ले यसको अस्तित्व खतरामा छ ।  नदीमाथिको जथाभावी उत्खनन्विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थानीय तहले समेत नदीबाट ढुंगागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन् । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेश अनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेको छ । कम्पनीले गएको माघ १७ मा सबै सरकारी निकायलाई विपक्षी बनाएर निर्माण सामग्री व्यवस्थापनका विषयमा सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले पुरानो मुद्दा कायम रहेकाले नयाँ आदेश नदिएपछि निर्माण कम्पनी काम छाडेर हिँड्न बाध्य भएको दाहालको दाबी छ ।  उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । करिडोरको निर्माण कार्य अलपत्र पर्न थालेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुसको दोस्रो साता मालढुंगादेखि तिब्बतको सिमाना कोरल्ला नाकासम्म अनुगमन गर्दै समस्याहरू फुकाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए । 

सम्बन्धित सामग्री

ठेक्का सम्झौताको दुुई वर्षपछि सडक निर्माण सुुरु

म्याग्दी, भदौ २३ । ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम-कागबेनी सडक निर्माणको काम सुुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले ठेक्का […]

सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला

म्याग्दी, ५ असार । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो । सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै […]

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

म्याग्दी, २८ फागुन । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन् । विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित सडक निर्माणमा भएको ढिलाइले […]

चार वर्षमा बन्यो बनौ-लस्ती-लामाखेत सडक, दुई घण्टाको यात्रा ४५ मिनेटमै

म्याग्दी : जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ। सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो। जलजला-९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा…

मालढुङ्गा–बेनी सडक निर्माण रोकियो

काठमाडौँ,२३ मँसिर । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण रोकिदाँ यात्रुलाई सास्ती र जोखिम बढेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ […]

रोकियो मालढुङ्गा–बेनी सडक निर्माण

म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ। पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण रोकिदाँ यात्रुलाई सास्ती र जोखिम बढेको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी […]

म्याग्दीको कुइनेखानीमा सडक पुग्यो

म्याग्दी - रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुइनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो ।  थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजार रुपैयाँ लागतमा सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख रुपैयाँ र गाउँपालिकाको ३३ लाख ५० हजार रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । सडक सञ्जालसँग जोड...

मालढुंगा–बेनी सडक निर्माण कार्य धमाधम

म्याग्दी र मुस्ताङसँंगै चीनको कोरलानाकासँंग जोडिने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गतचैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको छ ।गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २ […]

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ । यसअघि गाउँपालिकाको केन्द्र […]

पाँच महिनापछि बेनी–दरबाङ सडक निर्माण पुनः सुरु

म्याग्दी । बेनी–दरबाङ सडक निर्माणको मुख्य ठेकेदार पाँच महिनापछि काममा फर्किएको छ । जिल्लाको रणनीतिक महत्त्वको सो सडक खण्डलाई सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको थियो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन मुख्य ठेकेदारले बल्ल काम सम्हालेको हो । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार […]