स्थानीयले रोजगारी नपाएको गुनासो बढिरहे पनि यहाँ विकास निर्माणका योजना र व्यक्तिगत काममा भने भारतीय कामदारको संख्या बढ्दो छ । स्थानीयस्तरमा दक्ष कामदार कम हुँदा मुख्य मिस्त्री र कामदारको रुपमा भारतीय श्रमिकले बढी काम पाएका हुन् । तर रोजगारीको खोजीमा अधिकांश स्थानीय भने भारततिर जाने गरेका छन् ।