ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ । कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ ।  लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सक...