चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा टेकेपछि आफु रोएको बताए । उनले शिखरबाट तल हेर्दा भावुक भएर रोएको बताएका हुन् । ‘मलाई देशप्रति अझ धेरै गर्भ भयो’ उनले भने ।गत सोमबार शिखर आरोहण गरेका लामा बिहीबार काठमाडौँ फर्किएका छन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित भव्य स्वागत गरिएको छ । सोही क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफु सगरमाथाको चुचुरोमा ३० मिनेटसम्म बसेको समेत जानकारी दिए ।‘सगरमाथा आरोहण मात्र मेरो