गायक राजु लामाले उपल्लो मुस्ताङमा रोपे ३ हजार भोटेपिपलको बिरुवा

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका गायक राजु लामा संगीत मात्र होइन, पछिल्लो समय वातावरणीय अभियन्ताको रुपमा समेत सक्रिय छन् । जलवायु संकट र प्राकृतिक विपत्तिविरुद्ध एकजुट हुनेबारे विश्वलाई सन्देश दिन गत वर्ष उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गरे । गत साता ‘हिमालले डाक्यो मलाई’ गीत सार्वजनिक गर्दै उनले जलवायु अभियानमा संगीतमार्फत सन्देश दिने प्रयत्न गरे […]

सम्बन्धित सामग्री

कुमारी बैंक किर्ते जग्गा प्रकरण :  बैंकले कर्जा उठाई सक्यो

मंसिर १, काठमाडौं । गायक योगेश्वर अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर लिइएको कर्जा प्रकरणमा कुमारी बैंकले सो कर्जा असुल गरिसकेको वताएको छ ।  कुमारी बैंकबाट प्रवाह भएको १९ करोड रुपैयाँको कर्जाको धितो नक्कलीभएको थाहा भएलगत्तै सम्बन्धित व्यक्तिबाट कर्जा असुली पनि गरिसकिएको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले बताए । उनले भने, ‘तीन महीना अघि नै बैंकले नक्कलीधितो भएको थाह पाएपछि लोन सेटल गर्नतर्फ हामीले उतिबेलै एक्सन लिएका थियौं ।’ गत असारमा डेनियल ट्रेडिङ कम्पनीले पेश गरेको कागजात हेरेर कुमारी बैंकले १९ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । ‘बैंकले अरु बेला तथा अरु ऋणीलाई जस्तै गरेर सबै प्रक्रिया पुरा गरेर ऋण दिएको थियो, जसमा ऋण दिंदा कम्पनीको गत वर्षको ब्यालेन्स सिट पनि हेरिएको थियो । ऋण प्रवाह गर्दा बैंकले हेर्ने गरेको प्रमुख कुराहरु जस्तै ऋण तिर्ने कम्पनीको क्षमता आदि सबै सकारात्मक देखिन्थ्यो । ऋण स्वीकृत गर्नुअघि नै सम्भावित जोखिमहरु सूक्ष्म तवरले हेरिएको थियो, यति हुँदाहुँदै पनि धितो किर्ते रहेछ र त्यो थाहा पाएपछि ऋण सेटल गर्नेतर्फ हामीले उतिबेलै एक्सन लिएका थियौं’, सीइओ तिमिल्सिनाले अभियानलाई बताए । यो लोन डेनियल ट्रेडिङलाई बिरुवा भूमी वनकाली कम्पनीसँग जग्गा किन्न दिएको लोन थियो । जग्गा किन्न दिएको लोनमा बेच्ने मान्छेको लालपुर्जा बैंकलाई पेश गर्ने चलन नभएकाले जग्गाधितो किर्ते भएको बारे बैंकले शुरुमा पत्तो नपाएको सीईओ तिमिल्सिना बताउँछन् ।  ‘जब जग्गा कीर्ते गरेर धितो राखिएको थाहा भयो, त्यसपछि बैंकले जग्गा धितो राख्ने ऋणीहरुलाई सम्पर्क गर्‍यो । ऋण तिर्न भनियो। केही समयपछि ऋण पनि तिरे’, उनले बताए ।  यसैबीच, नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घटनामा अनुसन्धान भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमवार प्रहरीलाई बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न लिखित निर्देशन दिएको छ ।यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखत किर्ते सम्बन्धी मुद्दामा मात्र अनुसन्धान थालेको थियो ।