गायक राजु लामाले ६ हजार ५७४ मिटरको उचाइमा कन्सर्ट गरेका हुन्। उनले सगमाथाको क्याम्प २ र ३को मध्यभागमा मंगोलियन हार्ट ब्याण्डका गीतहरू गाएका हुन्। राजुले रिलिज नै नभएको 'हिमालले डाक्यो मलाई' बोलको गीत समेत गाएका थिए।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्पमा पुगेर राजुले कन्सर्ट गरेका हुन्। यो कन्सर्ट अहिलेसम्मकै सबैभन्दा उचाइमा…