राजु लामा र दिया पुनले सगरमाथा आरोहण गर्दै

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरूलाई सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।मंगोलियन हार्ट ब्याण्डका लामाले कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफूले सगरमाथा आरोहरण गर्न लागेको बताए। उनले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक