पोल्याण्डका प्रधानमन्त्री माट्युस मोराभियस्कीले बेलारुससँग जोडिएको आफ्नो देशको सीमामा आप्रवासी संकट उत्पन्न हुनुको कारण रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन रहेको आरोप लगाएका छन्।
हजारौं आप्रवासीहरु बेलारुससँग जोडिएको पूर्वी सीमाबाट पोल्याण्ड प्रवेशका लागि आएका छन्। उनीहरुलाई रोक्न पोल्याण्डले आफ्नो सीमामा हजारौं संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ। सीमा क्षेत्रलाई फलामे तारले घेरिएको छ। आप्रवासीहरु…