काठमाण्डाै - पाेल्यान्डले आफ्नो सीमामा देखिएको आप्रवासी समस्याको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ ।
पाेल्यान्डका प्रधानमन्त्री म्याट्युस मोरावियस्कीले बेलारुससँगको सीमा नाकामा अवैध आप्रवासीहरु ओइरिनुमा पुटिन दोषी रहेका आरोप लगाउनु भएको हो ।
पुटिनसँग निकट रहेका बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो देशबाट पाेल्यान्ड हुँदै युरोपका अन्य देशहरुमा छिर्न उक्साएको उहाँको आरोप छ ।
बेलारुसी नेता एलेक्जेन्डरले भने युरोपेली सङ्घको प्रतिबन्धको ब...