रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाए। वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्युको समाचारले आफूलाई अचम्मित पारेको नभई आक्रोशित बनाएको बताएका छन्। ‘नाभाल्नी बहादुरीका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै कामको आलोचक थिए, नाभाल्नीको मृत्युको जिम्मेवार पुटिन हुन्’, उनले भनेका छन्। उपराष्ट्रपति कमला