काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। युक्रेन संकट गहिरिँदै गएका बेला लामो समयपछि सार्वजनिक रुपमा बोल्दै पुटिनले यस्तो आरोप लगाएका हुन्। रुसमाथि थप प्रतिबन्धको बहानाका लागि अमेरिकाले युद्ध चाहेको पुटिनको आरोप छ। यद्यपि उनले वार्ताको सम्भावनालाई अस्वीकार नगरेको बिबिसीले जनाएको छ। अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको पुटिनको भनाइ छ। उनले युक्रेनको नेटोमा सामेल हु