नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका लागि बारा-४ बाट बाम(लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेण्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाएका हुन् । उनले सबै वडाहरूमा ५ वर्षभित्र पक्की सडकको रूपमा विस्तार गर्ने उल्लेख गरेका छन् । अमलेखगन्जको खानेपानी समस्यालाई तत्काल समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाए । नेता