सुदूरपश्चिम प्रदेश : प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ । प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरि बनाइएको सो विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरेको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको जानकारी दिए ।