पूर्वाधार विकास साझेदारीको बजेटबाट पक्की पुल

स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले २ वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१० र ११ को भर्‍याङ्दी जोड्ने खोलामा चालू आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो । १० मिटर लामो पुल निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी १ किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको शनिवार उद्घाटन गर्दै सां...

सम्बन्धित सामग्री

म्याग्दीमा १३ पक्की पुल निर्माण

काठमाडौं । म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]

विकास त भयाे तर प्रभावकारी याेजना नहुँदा वर्षैपिच्छे त्रास

महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ

मराङखोलामा पक्की पुल निर्माण

बेनी – म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरी मराङखोलामा पक्की पुल निर्माण भएको छ। सात मिटर चौडाइ र २५ मिटर लामो पक्की पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज भएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते […]

रोल्पाका १४ खोलामा पक्की पुल बन्दै

रोल्पा । रोल्पाका ग्रामीण क्षेत्रका बासिन्दाको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण शुरू भएकोे छ । खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महिना सवारीसाधन सञ्चालन गर्न विभिन्न १४ ओटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो । संघ र प्रदेश सरकारको लगानीमा निर्माणाधीन पुल सम्पन्न भएसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुनेछ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गतवर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुईओटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ ओटा निर्माणको चरणमा छन् । चालू आर्थिक वर्षमा संघीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप ६ ओटा पक्की पुल स्वीकृत भएका छन् । चालू आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ ओटामध्ये दुईओटाको निर्माण सम्पन्न भएको र बाँकी १२ ओटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले बताएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशओटै स्थानीय तहमा पुल निर्माण भइरहेको छ । आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने अपेक्षा गरिएको छ । रासस

रोल्पाका १४ ओटा खोलामा पक्की पुल बन्दै

मंसिर २०, रोल्पा  । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण शुरु भएकोे छ ।  खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महीना सवारी साधन सञ्चालन गर्न विभिन्न १४ ओटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो । संघ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने देखिएको छ ।  लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुई ओटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ ओटा निर्माणको चरणमा छन् ।  चालू आर्थिक वर्षमा संघीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप ६ ओटा पक्की पुल स्वीकृत भएका छन् । चालू आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ ओटामध्ये दुई ओटा पुल निर्माण सम्पन्न भएको र बाँकी १२ ओटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशओटै स्थानीय तहमा पुल निर्माण कार्य भइरहेको छ । आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने आशा पलाएको छ । परिवर्तन गाउँपालिकाको माडीचौर खोलामा निर्माणाधीन पुल असार मसान्तसम्म सकिने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ ।  उनी जस्तै अन्य स्थानीय निकायले पनि पुल निर्माणका लागि निरन्तर चासो दिएका कारण निर्माण व्यवसायी समयमै काम गर्न बाध्य भएको बताइन्छ । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये लुंग्री खोला र जीवे खोला पुल निर्माण भई उद्घाटनसमेत भइसकेका छन् । अघिल्लो वर्ष स्वीकृत भई निर्माणका क्रममा रहेका धाँसीखोला, माडीचौरखोला, घोडाचौरखोला र उवाखोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेका छन् ।  यस वर्ष स्वीकृत पाछावाङ खोला, बाजाबाङ खोला, जुतुङखोला, माडीखोला, तार्केवाङ, लोटचौर खोला र पैसी खोलामा पुल निर्माणको प्रारम्भिक चरणमा रहेको कार्यालयका प्रमुख दीपक डाँगी बताउँछन्  । सुनछहरी गाउँपालिकाको फुलिवन पहिराका कारण उवाखोला पुल निर्माणमा समस्या देखिए पनि अरु योजनामा भने कुनै समस्या छैन कार्यालय प्रमुख डाँगी भन्छन् । उक्त खोला जाने बाटो पहिराले अवरुद्ध पारेका कारण पहिरो आउनुअघि भएको काम पूरा गर्न तत्काल गर्न नसकिएको उनको भनाइ छ  । रासस

रोल्पाको लुंग्री खोलामा बन्यो पक्की पुल

रोल्पा (अस) । रोल्पाको सुनीलस्मृति गाउँपालिका–४ छिर्ने र कोइरालखर्क जोड्ने लुंग्री खोलामा पक्की पुल निर्माण भएको छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पामार्फत पुल बनेपछि स्थानीयवासीलाई आवतजावत तथा वस्तु ढुवानीमा सहज भएको छ । दुई वर्ष अघि निर्माण शुरू भएको पुल असारमा सम्पन्न भएको हो । ६ करोड ६३ लाख २९ हजार लागतमा बनेको पुलको लम्बाइ ५२ मिटर र चौडाइ ८ मिटर छ । पुल निर्माणको जिम्मा २०७६ भदौमा एशियाटिक राजवीर आशु जेभीले पाएको थियो । सम्झौता बमोजिम गत भदौमा सम्पन्न गर्नुपर्ने पुल निर्माण २ महीना अघि नै सम्पन्न भएको थियो । पुलको केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारको सहयोगमा योसँगै रोल्पामा ८ ओटा अन्य पक्की पुल निर्माण भइरहेको बताए । ‘भर्खरै मात्र नयाँ सरकार बनेको छ,’ मुख्यमन्त्री केसीले भने, ‘अब यो सरकारको ध्यान आत्मनिर्भर प्रदेश बनाउने हो ।’ छिर्ने–कोइरालखर्क हुँदै प्यूठान जोड्ने यो सडकमा पुल बनेपछि स्थानीयवासी उत्साहित भएका छन् । यसअघि ६ महीना मात्र गाडी चल्ने भएकाले जेठमै ६ महीनालाई पुग्ने खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता थियो । ‘अब १२ महीना नै सहज रूपमा आवतजावत गर्न सकिने भएको छ,’ स्थानीय देवकुमार विश्वकर्माले भने । २०६८ सालमा स्थानीयले आफै रकम संकलन गरी यो सडकको निर्माण शुरू गरेका थिए ।

रोल्पाको लुङ्ग्री खोलामा बन्यो पक्की पुल

कात्तिक २६, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ छिर्ने र कोइरालखर्क जोड्ने लुङ्ग्री खोलामा पक्की पुल निर्माण भएको छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत पुल बनेपछि गत १० वर्षदेखि पक्की पुलको माग गर्दै आएको स्थानीयको माग सम्बोधन भएको हो । गत दुईवर्ष अघिदेखि शुरु भएको लुङ्ग्री खोला पुलको गत असारमा निर्माण सम्पन्न भएको हो ।  कुल ६ करोड ६३ लाख २९ हजार लागत रहेको यो पुलको लम्बाई ५२ मिटर र चौडाई ८ मिटर रहेको छ । पुल निर्माणको जिम्मा २०७६ भदौमा एशियाटिक राजविर आँशु जेभीले पाएको थियो । सम्झौता बमोजिम गत भदौमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम २ महीना अघि नै सम्पन्न भएको थियो । पुलको सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । पुल उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको सहयोगमा योसँगै रोल्पामा ८ ओटा अन्य सडक पुल निर्माण भइरहेको बताए । ‘भर्खरै मात्र नयाँ सरकार बनेका छ’ मुख्यमन्त्री केसीले भने ‘अब यो सरकारको ध्यान आत्मनिर्भर प्रदेश बनाउने हो ।’ छिर्ने–कोइरालखर्क हुँदै प्यूठान जोड्ने यो सडकमा पुल बनेपछि यहाँका स्थानीयलाई आवत–जावत गर्न सहज भएको छ । यसअघि ६ महीना मात्र गाडी चल्ने भएकाले जेठमै ६ महीना पुग्न खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता हटेको स्थानीय देबकुमार विश्वकर्माले बताए । ‘अहिले १२ महीना वारपार गर्न सजिलो भएको छ’ विश्वकर्माले भने ‘बिरामी हुँदा पनि र खाद्यान्न ढुवानीमा पनि सुविधा भएको छ ।’ २०६८ सालमा स्थानीयले आफै रकम संकलन गरी यो सडकको निर्माण शुरु गरेका थिए ।  सडक निर्माण भएपनि पक्की पुल नहुँदा वर्षाैसम्म सास्ती भोग्दै आएका स्थानीयलाई अब भने राहत हुने सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गञ्ज क्षेत्रीको भनाइ छ ।

सडक डिभिजन हेटौंडाद्वारा आठ पक्की पुल निर्माण

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठओटा पक्की पुल निर्माण गरेको छ । ती जिल्लाको सवारीसाधन वारपार गर्न समस्या भएका स्थानमा पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । साथै संघीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमै  ३२ दशमलव ३६ किलोमिटर सडक कालोपत्र गरेको छ । त्यस्तै १९ दशमलव १० किमी सडक ग्राभेलसमेत गरेकोे छ । ती जिल्लामा कुल ३७ दशमलव ३५ किमी सडक मर्मत गरेको छ । राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २० दशमलव ६५ किलोमिटर र बोर्डअन्तर्गत १६ दशमलव ७० किलोमिटर रणनीतिक सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए । कार्यालयको गत आव २०७७/७८ मा संशोधित बजेट रू. १ अर्ब ७० करोड रहेकोमा रू. १ अर्ब १६ करोड रुपैयाँ उक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको उनले बताए । यसैबीच, हेटौंडा उपमहानगरपालिका–६ स्थित शान्तिटोलमा रू. १७ लाख लागतमा शान्तिटोल विकास संस्थाका लागि भवन निर्माण गरिएको छ । उपमहानगरपालिको रू. ७ लाख र विभिन्न संघसंस्था र व्यक्तिका सहयोगमा सो भवन निर्माण भएको संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए । रासस

सडक विभागले हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित !

सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका  छन् । आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्‍याएको सडक पुल र कमला नदीको पुलमा भएको क्षतिबारे भएको छलफलमा सडक विभागको कुरा सुनेपछि  उनीहरूले आश्चर्य व्यक्त गरेका हुन् । छलफलमा सडक विभाग पदाधिकारीले क्षतिग्रस्त पुल तथा सडकको बारेमा जानकारी गराएका थिए । उनीहरूले पृथ्वी राजमार्ग जोड्ने पुल हावाले उडाएको जानकारी गराएका थिए । सांसदहरू कमला रोका र म

जुम्ला–जाजरकोट जोड्ने पक्की पुल ६ वर्षपछि सम्पन्न

जुम्ला–जाजरकोट जोड्ने पक्की पुल करिब ६ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तिला गाउँपालिकाको त्रिवेणी हुँदै टोप्ला–जारजरकोट जोड्ने पक्की पुल सञ्चालनमा आएसंँगै अहिले सवारी आवतजावतमा सहज भएको छ । २०७३ सालबाट निर्माण सुरु भएको पुल २०७५ मा निर्माण गरिसक्नु पर्ने सम्झौता भएको थियो ।तत्तकालीन जिल्ला विकास समितिअन्तर्गत प्राविधिक कार्यालय जुम्लाले खरिद प्रक्रिया गरी […]