काठमाडौं, कार्तिक २६ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने तयारी गरेको छ । राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ । बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच भएको धकेलाधकेलमा ७ घाइते भएपछि बारले आज कडा आन्दोलनको तयारी गरेको छ । […]