काठमाडौँ- सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि राजीनामाको चर्को दबाब परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामाको माग गरेकोमा साँझसम्म नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि जवराको राजीनामा मागेका छन् । सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले बताएका छन् […]