काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनले उपलब्ध प्रमाणहरू महाअभियोग सिफारिस समितिमा बुझाएका छन् ।
आज आइतवार दिउँसाे संसद् सचिवालयमा पुगेर नेपाल बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइको महाअभियोग सिफारिस समितिले प्रमाण पेस गर्न दिएको समयभित्रै उपलब्ध प्रमाणहरू पेस गरेको हो । म...