चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो ।
खर मजुर पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम सुरु भएको छ । लोपोन्मुख खर मजुरको संरक्षणका लागि घाँसे मैदान व्यवस्थापन गरिन लागेको हो ।
कावासोतीको पिठौली, अमलटारीमा क्षेत्रमा रहेका मध्यवर्ती सामुदायिक वनले वन्यजन्तुका लागि व्यवस्थित घाँसे मैदान र पिउने पानीको व्यवस्था गरेका छन् । कावासोती–१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका उपभोक्ताले हालै करिब १ सय ५० हेक्टरमा घाँसे मैदान निमार्ण गरेका छन् । वन उपभोक्ताले पर्यापर्यटनको विकाससँगै वन्यजन्तु संरक्षणका लागि आफैले घाँसे मैदान निमार्ण गरेका हुन् ।
चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो । सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव […]
वन्यजन्तुको आहारा बढाउन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसे मैदान र पोखरीको क्षेत्र बढाइँदै छ । जंगलभित्र चरीचरण क्षेत्रको अभाव हुन नदिन निकुञ्जले घाँसे मैदान क्षेत्र बढाउन सुरु गरेको हो । वन्यजन्तुले कलिलो घाँस खान मन पराउने भएकाले मैदान बढाउदै लगिएको छ ।
गलकोट, २० मंसिर । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै बाङ्गेचौर खेलमैदान अब रङ्गशालामा परिणत हुनेभएको छ । बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपुरक योजना स्वीकृत गरी ठेक्का प्रक्रियाको तयारी गरिरहेको छ । बागलुङ बजारमा रहेको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना अघिल्लो नगरकार्यपालिकाको भए पनि अझै कार्यान्वयनमा […]
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगालाई बाढीबाट जोगाउन घाँसे मैदान व्यवस्थापन गरिएको छ।बाह्रसिंगाको मुख्य वासस्थान रहेको घाँसे मैदान व्यवस्थापन गरिएको हो। संरक्षण क्षेत्रकै ठूलो निकुञ्जको कोर एरियामा रहेको ५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको घाँसे मैदानको १० हेक्टर क्षेत्रलाई बाह्रसिंगाका लागि व्यवस्थापन गरिएको निकुञ्जका सूचना अधिकारी रोशन ठगुन्नाले बताए।‘वर्षातका बेला घाँसे मैदानको केही क्षेत्र डुबानमा पर्दा बाह्रसिंगा बगाउने र डुबाउने समस्या हुने
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षभर व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीनपटक व्यवस्थापन गर्ने गरी मजदूर/कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको छ । एक वर्षमा एक करोड हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । हालसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ । ठूला ढड्डी र मिचाहा प्रजातिको वनस्पति फालेर घाँसे मैदान व्यवस्थित गर्ने गरिन्छ ।
घाँसे मैदान आफै बन्न दिनुपर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको आचार्यले बताए । ‘निकुञ्जभित्रका घाँसे मैदान पहिलेका मानवबस्ती भएकाले मिचाहा प्रजाति, ढड्डी र बुट्यान धेरै पलाउँदा नियमित व्यवस्थापन गर्नुपरेको हो,’ उनले भने, ‘निकुञ्ज स्थापना हुनुअघि मानवबस्ती भएका क्षेत्रपछि निकुञ्जको घाँसे मैदान बनेका हुन् ।’ निकुञ्जभित्र आठ हजार ९९५ दशमलव २ हेक्टर यस्ता मैदान छन् । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिँदै छ । यस वर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै छ भने ३०८ हेक्टर पुरानोलाई व्यवस्थापन गरिँदै छ ।
यस वर्ष घाँसे मैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३८ लाख ३५ हजार बजेट निकासा भएको छ । तिवारीका अनुसार गतवर्ष ७०० हेक्टर घाँसेमैदान निर्माण र ४०० यस हेक्टर व्यवस्थापन गरिएको थियो । निर्माणका लागि गएको वर्ष तीन करोड ५० लाख र व्यवस्थापनका लागि ९९ लाख ५७ हजार खर्च गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ६०० हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । सो आवमा तीन करोड १० लाख खर्च गरिएको थियो । व्यवस्थापनमा २८ लाख ९९ हजार खर्च भएको निकुञ्जले बताएको छ । सोहीवर्ष ५७ दशमलव ७९ हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिडका कारण बजेट कटौती हुँदा घाँसे मैदान निर्माणमा बजेट अपुग भएको आचार्यले बताए ।
चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच ठाउँमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस गरेको छ । वर्षैभरि व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदुर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो । एक वर्षमा एक करोड रुपैयाँ हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । अहिलेसम्म निकुञ्जभित्रका मैदान वर्षम...
डोलराज रानाभाट चितवन । एक सिँङ्गे गैँडाका लागि प्रख्यात मानिएको चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै साँढे ४ करोडको बजेटमा २ हजार ४३ हेक्टर नयाँ घाँसे मैदान निर्माण गरेको छ भने ६ सय ७ हेक्टर पुरानै घाँसे मैदानलाई व्यवस्थापन गरेको छ । निकुञ्ज स्थापनाकालदेखिनै घाँसे मैदान निर्माण गर्दै आइरहेको भएपनि आर्थिक वर्ष […]
चितवन : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालगायत बाघ, गौरीगाई, लगुनाजस्ता जनावरहरुको संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदानको व्यवस्थापन गरिरहेको छ। निकुञ्जले चालु आर्थिक वर्ष २०७७/७८ मा झण्डै तीन हजार हेक्टरमा घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्दैछ।हरेक वर्ष घाँसे मैदानलाई मिचाहा प्रजातिका बोट विरुवाले अतिक्रमण गर्ने भएकाले त्यसको व्यवस्थापन गर्ने गरिन्छ। जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणका लागि समेत घाँसे मैदान महत्वपूर्ण मानिन्छ। चालु आर्थिक वर्षमा निक