चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच ठाउँमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस गरेको छ । वर्षैभरि व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदुर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो । एक वर्षमा एक करोड रुपैयाँ हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । अहिलेसम्म निकुञ्जभित्रका मैदान वर्षम...