बाढीबाट बाह्रसिंगा जोगाउन घाँसे मैदान व्यवस्थापन

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगालाई बाढीबाट जोगाउन घाँसे मैदान व्यवस्थापन गरिएको छ।बाह्रसिंगाको मुख्य वासस्थान रहेको घाँसे मैदान व्यवस्थापन गरिएको हो। संरक्षण क्षेत्रकै ठूलो निकुञ्जको कोर एरियामा रहेको ५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको घाँसे मैदानको १० हेक्टर क्षेत्रलाई बाह्रसिंगाका लागि व्यवस्थापन गरिएको निकुञ्जका सूचना अधिकारी रोशन ठगुन्नाले बताए।‘वर्षातका बेला घाँसे मैदानको केही क्षेत्र डुबानमा पर्दा बाह्रसिंगा बगाउने र डुबाउने समस्या हुने

सम्बन्धित सामग्री

मनमोहक शुक्लाफाँटा [तस्बिरहरु]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्नेबित्तिक्कै विशाल घाँसे मैदान र त्यसमा देखिने बाह्रसिंगाको बथान धेरैले झट्ट सम्झिन्छन् । कतै काटेर तथा कतै जलाएपछि मुना पलाउँदै गरेको घाँसे मैदानमा सयौंको संख्यामा चरिरहेका बाह्रसिंगा देख्दा कसको मन लोभीदैन । यही दृश्य हेर्न पर्यटकहरु लोभिन्छन् ।

बाह्रसिंगा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमीको दूरीमा छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान (फाँट)छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । यहाँ घुम्न आउने पर्यटकलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिङ्गाको टाउकामा सिङका