कावासोतीको पिठौली, अमलटारीमा क्षेत्रमा रहेका मध्यवर्ती सामुदायिक वनले वन्यजन्तुका लागि व्यवस्थित घाँसे मैदान र पिउने पानीको व्यवस्था गरेका छन् । कावासोती–१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका उपभोक्ताले हालै करिब १ सय ५० हेक्टरमा घाँसे मैदान निमार्ण गरेका छन् । वन उपभोक्ताले पर्यापर्यटनको विकाससँगै वन्यजन्तु संरक्षणका लागि आफैले घाँसे मैदान निमार्ण गरेका हुन् ।