चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो ।  सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जलाई खर्च धान्नै मुस्किल

३२ जेठ, चितवन । वर्षमा झण्डै ३५ करोड राजस्व संकलन गरेर केन्द्रमा पठाउने चितवन राष्ट्रिय निकुञ्ज आफैंले बजेट अभाव झेल्न थालेको छ । पर्याप्त बजेट नहुँदा घाँसे मैदान व्यवस्थापन, हात्ती प्रजनन् तथा गोही संरक्षण केन्द्र, खोरमा …

पर्यटक लोभ्याउन घाँसे मैदान विस्तार

वन्यजन्तुको आहारा बढाउन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसे मैदान र पोखरीको क्षेत्र बढाइँदै छ । जंगलभित्र चरीचरण क्षेत्रको अभाव हुन नदिन निकुञ्जले घाँसे मैदान क्षेत्र बढाउन सुरु गरेको हो । वन्यजन्तुले कलिलो घाँस खान मन पराउने भएकाले मैदान बढाउदै लगिएको छ ।

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राट्रिय निकुञ्जमा घाँसेमैदान थपिने भएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम शुरू गरेको छ । अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार आयोजनाअन्तर्गत अहिले २२५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन तथा निर्माण शुरू गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि रू. ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रू. ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताए । निकै कम रकममा ठेक्का परेको भन्दै उनले अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताए । निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । त्यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापनको कामसमेत भइरहेको उनले बताए । त्यसका लागि रू. १५ लाख बजेट विनियोजन गरिएको उनले बताए । निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भइरहेको छ । पश्चिमी क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिएलगत्तै पूर्वीक्षेत्रमा काम शुरू गरिनेछ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमति लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । चैत महीनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सकिने तिवारीले बताए । निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान छ । घाँसेमैदान व्यवस्थापन थप गरेपछि आहारा प्रजातिका जनावरको संख्या बढ्ने र मानवीय बस्ती क्षेत्रमा जनावर जाने क्रम कम हुने अपेक्षा निकुञ्जले गरेको छ । रासस

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो । अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका […]

वन्यजन्तुलाई घुमफिर गर्न घाँसे मैदान

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतको नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन्यजन्तुका लागि घाँसे मैदान ब्यवस्थापन गर्दै आएको छ । निकुञ्जमा रहेका वन्यजन्तु  बासस्थान र  आहाराको अभावमा बस्तीमा  पस्ने गर्छ । जसले गर्दा मध्यवर्ती आसपासका स्थानीय वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था छ ...