चितवन राष्ट्रिय निकुञ्जको तीन हजार हेक्टरमा घाँसे मैदान व्यवस्थापन

चितवन : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालगायत बाघ, गौरीगाई, लगुनाजस्ता जनावरहरुको संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदानको व्यवस्थापन गरिरहेको छ। निकुञ्जले चालु आर्थिक वर्ष २०७७/७८ मा झण्डै तीन हजार हेक्टरमा घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्दैछ।हरेक वर्ष घाँसे मैदानलाई मिचाहा प्रजातिका बोट विरुवाले अतिक्रमण गर्ने भएकाले त्यसको व्यवस्थापन गर्ने गरिन्छ। जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणका लागि समेत घाँसे मैदान महत्वपूर्ण मानिन्छ। चालु आर्थिक वर्षमा निक

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जलाई खर्च धान्नै मुस्किल

३२ जेठ, चितवन । वर्षमा झण्डै ३५ करोड राजस्व संकलन गरेर केन्द्रमा पठाउने चितवन राष्ट्रिय निकुञ्ज आफैंले बजेट अभाव झेल्न थालेको छ । पर्याप्त बजेट नहुँदा घाँसे मैदान व्यवस्थापन, हात्ती प्रजनन् तथा गोही संरक्षण केन्द्र, खोरमा …

पर्यटक लोभ्याउन घाँसे मैदान विस्तार

वन्यजन्तुको आहारा बढाउन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसे मैदान र पोखरीको क्षेत्र बढाइँदै छ । जंगलभित्र चरीचरण क्षेत्रको अभाव हुन नदिन निकुञ्जले घाँसे मैदान क्षेत्र बढाउन सुरु गरेको हो । वन्यजन्तुले कलिलो घाँस खान मन पराउने भएकाले मैदान बढाउदै लगिएको छ ।

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राट्रिय निकुञ्जमा घाँसेमैदान थपिने भएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम शुरू गरेको छ । अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार आयोजनाअन्तर्गत अहिले २२५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन तथा निर्माण शुरू गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि रू. ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रू. ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताए । निकै कम रकममा ठेक्का परेको भन्दै उनले अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताए । निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । त्यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापनको कामसमेत भइरहेको उनले बताए । त्यसका लागि रू. १५ लाख बजेट विनियोजन गरिएको उनले बताए । निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भइरहेको छ । पश्चिमी क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिएलगत्तै पूर्वीक्षेत्रमा काम शुरू गरिनेछ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमति लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । चैत महीनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सकिने तिवारीले बताए । निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान छ । घाँसेमैदान व्यवस्थापन थप गरेपछि आहारा प्रजातिका जनावरको संख्या बढ्ने र मानवीय बस्ती क्षेत्रमा जनावर जाने क्रम कम हुने अपेक्षा निकुञ्जले गरेको छ । रासस

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो । अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका […]

वन्यजन्तुलाई घुमफिर गर्न घाँसे मैदान

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतको नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन्यजन्तुका लागि घाँसे मैदान ब्यवस्थापन गर्दै आएको छ । निकुञ्जमा रहेका वन्यजन्तु  बासस्थान र  आहाराको अभावमा बस्तीमा  पस्ने गर्छ । जसले गर्दा मध्यवर्ती आसपासका स्थानीय वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था छ ...