पक्की भवन, सडक स्तरवृद्धि, कालोपत्र, पुल, पर्खालजस्ता विकास निर्माणको नाममा सल्यानमा खोला दोहन बढ्दै गएको छ । स्थानीय तहले आर्थिक स्रोत जुटाउने नाममा टेन्डर गरेर गिट्टीबालुवा र ढुंगा उत्खनन गर्ने जिम्मेवारी ठेकेदारलाई जिम्मेवारी दिएका छन् । ठूला योजनाका लागि कम्पनीले सम्बन्धित निकायको सहमतिमै उत्खनन गर्न पाउने भएपछि खोला दोहन बढ्दै गएको हो ।