मकवानपुरगढी गाउँपालिका : कर्मचारीको मिलेमतोमा सामरी खोला दोहन

मकवानपुर – मकवानपुरगढी गाउँपालिका कार्यालयका कर्मचारीको मिलेमतोमा सामरी खोलाको ठाउँ–ठाउँमा दोहन गर्न सुरु गरिएको छ । असार नजिकिएसँगै बिहानको झिसमिसेदेखि बेलुकी अबेरसम्म खोला खन्न थालिएको हो ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने सामरी खोलामा वर्षाैँदेखि नवीकरणसमेत नभएका क्रसर र बालुवा उद्योगहरूले गएको वर्षकै ग्राभेल उत्खनन गरेको एक करोड रुपैयाँ बुझाउन बाँकी छ । पहिलेकै रकम बाँकी भइरहेको समयमा फेरि तीनै क्रसर उद्योगलाई पोस्ने गरी सामरी खोलामा बाढी आइरहेकै समयमा पनि एक्स्काभेटर लग...