सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थको दोहन भइरहेको छ।लालबन्दी नगरपालिकाअन्तर्गत लखन्देही, कालिन्जोर र फूलजोर खोलाबाट यतिखेर जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा खोला दोहन भइरहेको पाइएको हो।ठेकेदार कम्पनीले अटेर गरी मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयले आरोप लगाएका छन्।लखन्देही खोलाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार लालबन्दी नगरपालिका–११ बाहुने नाका, हीरापुर नाका र हीरापुर कोइरीटोल नाकाको लखन्देही खो