यो साता बजार सकारात्मक : डेढ खर्बले बढ्यो कुल बजारपूूँजीकरण

वैशाख ३१, काठमाडौं । लगानीकर्ताहरुको मनोबलका आधारमा उचारचढाब आउँने धितोपत्र बजार यो साता सकारात्मक देखिएको छ । स्थानीय चुनावका कारण बजारमा तरलता सहज हुने विश्वास र जेठमा ब्याजदर नबढ्ने भएसँगै यो साता लगानीकर्ताहरुको मनोबल बढेको देखियो । साथै बजार निरन्तर घटेर २ हजार २२५ को विन्दुमा झरिसकेको अवस्थामा लगानीकर्ताहरु सस्तोमा शेयर किन्न उत्साहित बनेकाले पनि यो साता बजारमा सकारात्मक प्रभाव परेको हो । गत साता २ हजार २३८ दशमलव ६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १११ दशमलव ८० अंकले बढेर २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ । यो साता पाँच कारोबार दिनमा चार दिन लगातार बढेको नेप्से परिसूचक पाँचौ दिनमा भने करेक्सन आएको छ । चार दिन निरन्तर बढेको बजारबाट नाफा बुक गर्ने हाबी हुँदा पाँचौ दिन बजारमा करेक्सन देखिनुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । अनुभवि लगानीकर्ताहरुले बैंकहरुको व्याजदर नबढ्नु र स्थानीय निर्वाचन पछि बजारमा तरलता भित्रिने सम्भावना रहेकाले आगामी दिनमा पनि बजार अझै माथी जाने विश्वास व्यक्त गरेका छन् । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २१ दशमलव ४१ अंकले बढेको छ । गत साता ४३२ दशमलव ५५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ९६ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा रू. ८ अर्ब ५६ करोड ६१ लाखभन्दा बढीको २ करोड ५ लाख ५६ हजार ६५४ कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साता तीन कारोबार दिनमा रू. ४ अर्ब ३४ करोड ७२ लाखभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र खरीद विक्री भएको थियो । चार दिन निरन्तर बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्य रू. १ खर्ब ५८ अर्ब ७८ करोड ७४ लाखले बढेको छ । गत साता रू. ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख पुगेको हो । यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए गत साता सर्वाधिक गुमाएका वित्त समूहका लगानीकर्ताहरुले यो साता सर्वाधिक कमाएका छन् । अघिल्लो साताको तुलनामा गत साता सर्वाधिक ८ दशमलव ९४ प्रतिशतले घटेको वित्त समूहको उपसूचक यो साता भने सर्वाधिक १० दशमलव ९६ प्रतिशत बढेको छ । वित्त समूहसँगै यो साता जलविद्युत समूहको उपसूचक पनि १० दशमलव २७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै यो साता अन्य समूहको ७ दशमलव २७ प्रतिशत, विकास बैंकको ६ दशमलव ६१ प्रतिशत, लगानी समूहको ५ दशमलव ५३ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ७३ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ७७ प्रतिशत, बैंकिङ समूहको ३ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशत, व्यापारिक समूहको २ दशमलव २८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ३१ प्रतिशत र म्युचुअल फण्ड समूहको उपसूचक १ दशमलव शून्य ५ प्रतिशत बढेको छ । यो साता सबै समूहगत उपसूचहरु गत साताको तुलनामा बढेका हुन् । साताको बजारका सूचकहरुको अवस्था :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताव्यापी समूहगत उपसूचकमा आएको परितर्वन :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  

सम्बन्धित सामग्री

यो साता निरन्तर घट्यो धितोपत्र दोस्रो बजार, लगानीकर्ताले ८८ अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता चार कारोबार दिन धितोपत्र दोस्रो बजार सञ्चालन भएको थियो । एक दिन सार्वजनिक बिदाका कारण चार कारोबार दिन मात्र खुलेको दोस्रो बजार चार कारोबार दिन नै घटेको छ । पहिलो कारोबार दिन २७ दशमलव २१ अंक, दोस्रो दिन १ दशमलव ७६ अंक, तेस्रो दिन ६ दशमलव ४६ अंक र चौथो दिन २० दशमलव ७६ अंक बजार घटेको हो ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ६२ दशमलव शून्य ३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ५६ दशमलव २ अंक अर्थात् २ दशमलव ७३ प्रतिशत घटेर २ हजार ५ दशमलव ८३ विन्दुमा झरेको हो । यो साता धितोपत्र दोस्रो बजार मापक महत्त्वपूर्ण परिसूचकहरू गत साताको तुलनामा घटेका छन् । नेप्से परिसूचकसँगै यो साता गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स २ दशमलव ४४ प्रतिशत घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कलाई आधार मान्दा यो साता गत साताभन्दा कारोबार रकम ३९ दशमलव ७१ प्रतिशत कम भएको छ । गत साता २० अर्ब ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६६ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ३ करोड ५९ लाख ७४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।  गत साताभन्दा यो साता कारोबार रकम ८ अर्ब १२ करोड ४५ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २ करोड ६ लाख ४० हजारभन्दा कम भएको हो । औसतमा गत साता ४ अर्ब ९ करोड २३ लाख रुपैयाँभन्दा बढीको १ करोड १३ लाख २२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ३ अर्ब ८ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ८९ लाख ९३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसतमा गत साताभन्दा यो साता कारोबार रकम १ अर्ब ८० लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २३ लाख २९ हजारभन्दा कम भएको हो । नेप्से परिसूचकसँगै कारोबार रकम कम हुँदा लगानीकर्ता सस्तो मूल्यमा धितोपत्र कारोबार गर्न नचाहेको बुझ्न सकिन्छ । यतिबेला धितोपत्र दोस्रो बजार यसरी घट्न नपर्ने तर्क जानकारहरूले गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुनु, ब्याजदर कम हुनु र शेयर धितो कर्जा प्रवाह पनि बढ्दै जानु धितोपत्र दोस्रो बजारका लागि सकारात्मक रहेको तर्क जानकारहरूको छ ।  निरन्तर बजार घटेको साता लगानीकर्ताहरूले ८८ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिन कायम भएको कुल पूँजीकरणलाई आधार मान्दा २ दशमलव ७३ प्रतिशत घटेको देखिन्छ ।  गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी कायम भएको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहको परिसूचक घट्यो  यो साता उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने ४ दशमलव शून्य ६ प्रतिशत बढेको छ । यो साता गत साताभन्दा जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव १८ प्रतिशत घटेको छ । त्यस्तै निर्जीवन बीमाको ३ दशमलव ६९ प्रतिशत, होटल तथा पर्यटनको ३ दशमलव ५२ प्रतिशत, लगानीको ३ दशमलव ३८ प्रतिशत, जीवन बीमाको ३ दशमलव शून्य ९ प्रतिशत, विकास बैंकको २ दशमलव ९२ प्रतिशत, व्यापारिकको २ दशमलव ८१ प्रतिशत, लघुवित्तको २ दशमलव ५८ प्रतिशत, बैंकिङको २ दशमलव ३१ प्रतिशत, अनयको २ दशमलव शून्य १ प्रतिशत, वित्तको १ दशमलव ९२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६१ प्रतिशत परिसूचक घटेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

बीमा समूहमा उत्साह, यी हुन् धेरै मूल्य बढेका ५ कम्पनी

काठमाडौं । गत साता १८५८ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता १८५२ अंकमा झरेको छ । आइतबार ७, सोमबार ४ र मंगलबार १० अंक घटेको बजार बुधबार ३ र बिहीबार १० अंकले बढ्यो । यो साताको पछिल्ला दुई दिन बजार सकारात्मक भएसँगै आगामी साता पनि त्यसले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताको छ । गत […]

यो साता ८२.४२ अंकले घट्यो बजार : कारोबार रकम साढे १३ अर्बमा सीमित

कात्तिक ६, काठमाडौं । यो साता नेप्से परिसूचक गत साताको भन्दा ८२ दशमलव ४२ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन असोज २५ गते २ हजार ६३९ दशमलव ३८ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ५५६ दशमलव ९६ विन्दुमा बन्द भएको हो ।  गत साता दशैंको विदाका कारण दुई दिन मात्र बजार खुला भएको थियो । दशैं पछिको पहिलो साताको कारोबारमा दुई दिन बजार बढेको छ । पहिलो कारोबार दिन १७ दशमलव ५९ अंकले बढेको बजार दोस्रो दिन ६९ दशमलव ५१ अंक र तेस्रो दिन ७७ दशमलव ३३ प्रतिशतले घटेको थियो । चौथो दिन ६० दशमलव ५६ अंकले बढेको बजार पाँचौ दिन भने १४ दशमलव ७० अंकले घटेको छ ।  यो साता पहिलो कारोबार दिनदेखिनै सुधारिन खोजेको बजार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर असोजदेखि बढाउन खोजेसँगै बजार प्रभावित बनेको थियो । शेयर बजार र बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदरबिच नकारात्मक सम्बन्ध पहिला देखिनै रहँदै आएकाले पनि यो साता कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरुले ११ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गरेसँगै सोमवार र मंगलवार बजार प्रभावित बनेको थियो ।  कात्तिकदेखि लागू हुने गरी सबैभन्दा बढी एनआईसी एशिया बैंकले ११ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकहरुले जथाभावी ब्याजदर वृद्धि गरेसँगै मंगलवारनै नेपाल राष्ट्र बैंकले उक्त ब्याजदर संशोधन गर्न निर्देशन दिएको थियो ।  राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा तल झारिसकेका छन् । वाणिज्य बैंकहरुले हालसम्म संशोधन गरेको ब्याजदर अनुसार अधिकतम ९ दशमलव ३६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको ब्याजदर संशोधनको निर्देशन पश्चात बुधवार सकारात्मक बनेको बजार बिहीवार नाफा बुक गर्ने हाबी हुँदा करेक्सनमा गएकाले आगामी दिनमा बजारले सकारात्मक गति लिने विश्वास लगानीकर्ताहरुको छ ।  सूचीकृत कम्पनीहरुले आकर्षक लाभांश प्रस्ताव गरिरहेको अवस्थामा सकारात्मक हुनुपर्ने बजार नियामक निकायहरुको नीतिगत व्यवस्था र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धिका कारण प्रभावित बनेको लगानीकर्ताहरुको आरोप छ । नियामक निकायहरुले पनि बजारलाई प्रभावित पार्ने खालको नीतिलाई यथासिघ्र सच्याउनुपर्ने माग पनि उनीहरुको छ ।  यो साता कारोबार रकम भने रू. १३ अर्ब ५६ करोड २१ लाख १६ हजारमा सीमित भएको छ । गत साता दुई दिनको कारोबार पनि रू. ८ अर्ब १३ करोड ७५ लाख ११ हजार बराबरको शेयर कारोबार भएको थियो । यो साता कारोबार रकम घटेको हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।  गत साता दुई दिनको कारोबारमा १ करोड ६५ लाख ६६ हजार ५२४ कित्ता शेयर खरीदविक्री भएकोमा यो साता पाँच कारोबार दिनमा ३ करोड ५३ लाख २० हजार ९९ कित्ता शेयर कारोबार भएको छ । सातामा लगानीकर्ताको सम्पत्तिको मूल्य रू. १ खर्ब १५ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३६ खर्ब ९५ अर्ब ९ करोड १० लाख रहेको कुल बजारपूँजीकरण रकम यो साता रू. ३५ खर्ब ७९ अर्ब ७८ करोड ५० लाखमा झरेको हो । यो साताको बजार अवस्था :                                                                          स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सेयरबजारमा सुधार, १३ कम्पनीको कारोबारमा सकारात्मक ‘सर्किट’

काठमाडौँ- लगातार घट्दै आएको सेयर बजार बुधबार सुधारिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ । तीन दिनपछि खुल्ने गरी बन्द भएको बजार परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ । बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ […]

निषेधाज्ञाका बीच यो साता शेयर बजारका सबै सूचक सकारात्मक, करीब ३४ अर्बको कारोबार

वैशाख २५, काठमाडौं । वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा शुरु भएको निषेधाज्ञाका बीच पनि शेयर बजारको कारोबार भने उत्साह जनक रहेको छ ।  निषेधाज्ञाका कारण व्यवसायिक अन्य क्षेत्रहरु प्रभावित बनेपनि शेयर कारोबार भने पूर्ण रुपमा सञ्चालन गरिएको छ । कारोबारका लागि सञ्चालन गरिएको अनलाईन कारोबार प्रणालीमार्फत नै घरभित्र सीमित भएको जनजीवन शेयर कारोबारमा सक्रिय रहेको देखिन्छ । यो साता नेप्से परिसूचक घटबढ भएपनि औषतमा बजारका सबै परिसूचकहरु सकारात्मक रहेका छन् । गत साताभन्दा यो साता बजारका महत्वपूर्ण सबै सूचकहरु बढेका छन् । यो साता गत साताभन्दा नेप्से परिसूचक २६ दशमलव शून्य ३ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख १६ गते २ हजार ६११ दशमलव १० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा तीन दिन बजार घटेपनि परिसूचक बढेको छ । साताको पहिलो कारोबार दिन ५४ अंकले बढेको बजार दोस्रो दिन १२ दशमलव ३५ अंकले घटेको थियो ।  त्यस्तै, तेस्रो कारोबार दिन १ दशमलव ९४ अंकले बढेको बजार चौंथो दिन ५ दशमलव शून्य ९ अंक र पाँचौ दिन १२ दशमलव ४७ अंकले घटेको छ । छोटो समयमै नाफा बुक गर्नेहरु हाबी हुँदा यो साता बजार करेक्सनको सिकार भएको जानकारहरु बताउँछन् । लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा बजारमा लगानी बढीरहेको अवस्थामा बजार घट्नुपर्ने कारण नरहेको जानकारहरुको भनाइ छ ।  समग्र शेयर कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव शून्य २ अंक बढेको छ । गत साता ४६९ दशमलव शून्य २ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७३ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । यो साता कारोबार रकम पनि गत साताभन्दा रू. ६ अर्ब ६३ करोड ७५ लाख ५५ हजार बढी भएको छ । गत साता रू. २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएको हो । यो साता सकारात्मक रहेको शेयर बजारको कुल पूँजीकरण रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार पुगेको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम रू. ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजार थियो । साताको कारोबारले कुल बजार पूँजीकरण रकम रू. ३७ अर्ब ९३ करोड ६० लाख ४१ हजार बढेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)