निषेधाज्ञाका बीच यो साता शेयर बजारका सबै सूचक सकारात्मक, करीब ३४ अर्बको कारोबार

वैशाख २५, काठमाडौं । वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा शुरु भएको निषेधाज्ञाका बीच पनि शेयर बजारको कारोबार भने उत्साह जनक रहेको छ ।  निषेधाज्ञाका कारण व्यवसायिक अन्य क्षेत्रहरु प्रभावित बनेपनि शेयर कारोबार भने पूर्ण रुपमा सञ्चालन गरिएको छ । कारोबारका लागि सञ्चालन गरिएको अनलाईन कारोबार प्रणालीमार्फत नै घरभित्र सीमित भएको जनजीवन शेयर कारोबारमा सक्रिय रहेको देखिन्छ । यो साता नेप्से परिसूचक घटबढ भएपनि औषतमा बजारका सबै परिसूचकहरु सकारात्मक रहेका छन् । गत साताभन्दा यो साता बजारका महत्वपूर्ण सबै सूचकहरु बढेका छन् । यो साता गत साताभन्दा नेप्से परिसूचक २६ दशमलव शून्य ३ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख १६ गते २ हजार ६११ दशमलव १० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा तीन दिन बजार घटेपनि परिसूचक बढेको छ । साताको पहिलो कारोबार दिन ५४ अंकले बढेको बजार दोस्रो दिन १२ दशमलव ३५ अंकले घटेको थियो ।  त्यस्तै, तेस्रो कारोबार दिन १ दशमलव ९४ अंकले बढेको बजार चौंथो दिन ५ दशमलव शून्य ९ अंक र पाँचौ दिन १२ दशमलव ४७ अंकले घटेको छ । छोटो समयमै नाफा बुक गर्नेहरु हाबी हुँदा यो साता बजार करेक्सनको सिकार भएको जानकारहरु बताउँछन् । लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा बजारमा लगानी बढीरहेको अवस्थामा बजार घट्नुपर्ने कारण नरहेको जानकारहरुको भनाइ छ ।  समग्र शेयर कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव शून्य २ अंक बढेको छ । गत साता ४६९ दशमलव शून्य २ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७३ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । यो साता कारोबार रकम पनि गत साताभन्दा रू. ६ अर्ब ६३ करोड ७५ लाख ५५ हजार बढी भएको छ । गत साता रू. २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएको हो । यो साता सकारात्मक रहेको शेयर बजारको कुल पूँजीकरण रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार पुगेको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम रू. ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजार थियो । साताको कारोबारले कुल बजार पूँजीकरण रकम रू. ३७ अर्ब ९३ करोड ६० लाख ४१ हजार बढेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सेयर बजारमा उल्लासमय साता : १६१ अंकले नेप्से बढ्दा १० अर्बमाथिको कारोबार

सेयर बजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बड्दै २०३० को हारहारीमा पुगेको छ भने १० अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक  १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन महिनापछिकै उच्च हो । गत अगष्ट २६, २०२२ मा २०२२ अंकमा रहेको नेप्से सूचक त्यसयता निरन्तर घट्दै १८३७ अंकसम्म झरेको थियो । यद्यपि, पछिल्लो साता सेयर बजारमा आक्रामक वृद्धि हुँदै

गत साता घटेको सेयर बजार यो साता बढ्ला ?

गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।गतसाता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो । गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन

साताको सेयर बजार– ४८ अंकले घट्दा कारोबार पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४८ अंकको गिरावट आएको छ । यो साता दुई कारोबार दिन उच्च अंकले गिरावट तथा एक कारोबार दिन ३० अंकको सुधार आएको थियो । सातामा ३ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक साढे ४८ अंकले घटेको हो ।यो सातामा सोमबार, मंगलबार र बुधबार मात्रै सेयर बजारको कारोबार भएको थियो । यसबाहेक, आइतबार राम नवमी र बिहीबार नेपाली नयाँ वर्ष भएकाले कारोबार बन्द थियो । सोही कारण, साताका तीन दिन मात्रै नेप्सेको कारोबार भएको हो ।सोमबार नेप्सेमा ४४ अंकको गिरावट आएको थियो । यस्तै, मंगलबार ३४

यो साता ७१ अंकले घट्यो नेप्से, बजार पूँजीकरण पनि घट्यो

यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१ अंकले घटेको छ । आइतबार २७३२ विन्दुबाट सुरू भएको नेप्से कारोबार बिहीबारसम्ममा ७१ अंकले घटेर २६६१ अंकमा आइपुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेयर कारोबार रकम र सेयर खरिदबिक्री दर पनि खुम्चिएको छ ।यो साता नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत सातामा नेप्सेमा १८ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जुन, यो साताको भन्दा ४५ करोडले बढी हो । सेयर बजारमा लगातार आएको गिरावटसँगै नेप्सेको पूँजीकरण पनि घटेको छ ।गत साता ३८ ख

सातामा ६९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २८०१ अंकबाट सुरु भएको नेप्से बिहीबार २७३२ अंकमा आएर बन्द भएको हो ।साताभरमा २ प्रतिशतले घटेसँगै नेप्से परिसूचक पुनः २८ अंकबाट तल झरेको छ । परिसूचकसँगै यो साता नेप्सेको कारोबार रकम पनि घटेको छ । यो साताको पाँच कारोबार दिनमा कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।यो, गत साताको हप्ताभरि भएको कारोबार रकमभन्दा करिब ६ अर्ब रुपैयाँले कम हो । गत साताको पाँच कारोबार दिनमा नेप्सेमा २४ अर्ब रुपैयाँ

निरन्तर घटेको शेयर बजार यो साता कता जाला ?

निरन्तर घटेर २७ सयको बिन्दुमा पुगेको शेयर  बजारमा  यो  साता  औसत  दैनिक  कारोबार  रकम,  औसत शेयर सङ्ख्या, औसत कारोबार सङ्ख्या र बजार पुँजीकरण पनि घटेको छ । अघिल्लो  साता  २९३१.३४  बिन्दुमा  बन्द  भएको  नेप्से  यो साता  ५.१६  प्रतिशत  अर्थात्  १५१.३६  अङ्क  घटेर  २७७९.९८ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २५.०२ अङ्क घटेर ५१८.७२ बिन्दुमा झरेको छ । नेप्सेसँगै  कुल  बजार  पुँजीकरण ...

यो साता सुनको मूल्य स्थिर

यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । गत साता शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार पनि त्यति नै मूल्य कायम भएको हो ।यद्यपि, अघिल्लो साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो । जुन, यो साता २० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।सातामा आइतबार,

साताको शेयर बजार : ४१ अर्ब ६३ करोडको कारोबार

सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखापर्यो ।साताभर कूल २३२ कम्पनीको छ करोड ६६ लाख छ हजार ४७५ कित्ता शेयर कारोबार भयो । साता भरको कूल कारोबार रु ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ बराबर रह्यो । कारोबार भएका ती दिनमा पनि बजार उतारचढावपूर्ण अवस्थामा रह्यो ।कारोबार भएको पहिलो दिन अर्थात् मङ्गलबार शेयर कारोबार

चैतको तेस्रो साता : सेयर लगानीकर्ताको पुँजी १ खर्ब १५ अर्बले बढ्यो

२१ चैत, काठमाडौं । चैत महिनाको तेस्रो साता समग्रमा सेयर लगानीकर्ताहरुका लागि सुखद बनेको छ । दोस्रो साता सेयर कारोबार मापक नेप्से परिसूचक घटेर निराश बनेका लगानीकर्ताहरुका लागि तेस्रो साता भने सुखद नै रह्यो । अझ सेयर बजार पुँजीकरणले त नयाँ रेकर्ड नै राखेको छ । कुल पुँजकिरण रकम ३६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेर […]