सेयरबजारमा सुधार, १३ कम्पनीको कारोबारमा सकारात्मक ‘सर्किट’

काठमाडौँ- लगातार घट्दै आएको सेयर बजार बुधबार सुधारिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ । तीन दिनपछि खुल्ने गरी बन्द भएको बजार परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ । बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ […]

सम्बन्धित सामग्री

कारोबारमा आएको पहिलो दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा आएको दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको केही बेरमै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य  १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भइरहेको छ । यसको पहिलो कारोबार ५५६ रुपैयाँमा खुला भएको थियो । १० प्रतिशत मूल्य बढ्दा फनि बिक्रेता देखिएका छैनन् । त्रेतामात्र देखिएका छन् । यो समचार तयार पर्दा सम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २४ लाख २३ हजार ४८२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ ।  बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको यस कम्पनीको शेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको हो ।  नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाटै यसको शेयर कारोबार सुरु भएको थियो । कम्पनीको कायम ४ करोड ६५ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा कारोबार सुरु भएको छ ।

गत साता नेप्सेमा देखियो सकारात्मक माहोल

काकाठमाडौं । सेयर बजारमा गतसाता सुधार देखिएको छ । विगत केही साताको कारोबारमा समग्रमा गिरावट भोगेको नेप्से सूचकले गत साता भने सुधार हुँदै पुनः २००० को मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि भएयता निरन्तरजसो घट्दै आएको सेयर बजारले यस साता केही सम्हालिने संकेत देखाएको छ । विशेषगरी अर्थ मन्त्रालयले स्थानीय निकायको […] The post गत साता नेप्सेमा देखियो सकारात्मक माहोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कारोबारमा आएको पहिलै दिनमै सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ३२८ दशमलव ९० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा ६४ हजार १६० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि आएको स्पेशल प्रि-ओपन सेसनमा प्रतिकित्ता रू. २९९ मा पहिलो कारोबार भएको थियो । कम्पनीको शेयर गत बिहीवार सूचीकृत भएको थियो ।  नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९९ दशमलव ३० देखि अधिकतम रू. २९९ दशमलव ४० सम्मको मूल्य रेञ्ज तोकिदिएको थियो । सोही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार कारोबारमा आएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी कुल २ करोड १० लाख साधारण शेयर सूचीकृत गराएको थियो ।

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो ।बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता २८ रुपैयाँको वृद्धि आएको छ । आज यस कम्पनीको ८६ हजार ४८१ कित्ता सेयर माग छ । तर, बिक्रीमा एक कित्ता पनि राखिएको छैन ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साताको मंगलबार कम्पनीको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर सूचीकृत भएको थियो ।

शेयर बजारमा सामान्य करेक्सन

अन्य दिनको तुलनामा यस दिन कारोबार रकम र शेयर किनबेच संख्या वृद्धि भएको छ । सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था र ङ्यादी ग्रुप पावर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्यो ।

शिखर इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस ८, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको तीन घण्टाको अवधिमा शिखर इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये उक्त कम्पनीकोे धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६८८ दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीले ३० प्रतिशत अर्थात् १० : ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेकाले शेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ ।

न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टा १२ मिनेटको अवधिमा न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेय मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४५४ दशमलव ४० पुगेको छ । कम्पनीको शेयरमूल्य विक्रेताभन्दा क्रेता धेरै भएकाले बढेको  हो ।

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

साताको दोस्रो दिन सोमवार शेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सर्किट लागेको छ ।  सोमवार शुरूवाती कारोबारमा १० प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ । आइतवार बैंकको शेयर मूल्य ६ सय रुपैयाँ रहेको थियो ।  नेप्सेमा कारोबार शुरू गरेकै दिनदेखि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । शेयर बजार विश्लेषकहरूले निफ्राको शेयर मूल्य अझै बढ्न सक्ने बताउँदै आएका छन् ।  सोमवार निफ्रासँगै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, रधि विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर लिमिटेड...