यो साता बजारका सबै महत्वपूर्ण सूचकहरु सकारात्मक, करीब ४४ अर्बले बढ्यो बजार पूँजीकरण

वैशाख १७, काठमाडौं  । यो साता धितोपत्र दोस्रो बजारका सबै महत्वपूर्ण सूचकहरु सकारात्मक बनेका छन् ।  गत साताको तुलनामा यो साता महत्वपूर्ण सबै सूचकहरु बढेका हुन । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३० दशमलव ७२ अंक माथी उक्लिएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ३२५ दशमलव ४५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३५६ दशमलव १७ विन्दुमा पुगेको हो । साताको पाँच कारोबार दिनमा यो साता दुई दिन बजार बढेको छ भने तीन दिन घटेको छ ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेको थियो । पहिलो दिन उच्च अंकले बढेको नेप्से दोस्रो ३४ दशमलव ९० अंकले, तेस्रो दिन १५ दशमलव शून्य २ अंकले घटेको थियो भने चौथो दिन ५ दशमलव १७ अंकले बढेको थियो । साताको अन्तिम दिन भने नेप्से २० अंकले घटेर बन्द भएको हो । यो साता कारोबार रकम भने गत साताभन्दा रू. ८१ करोड ९५ लाखभन्दा बढी भएको छ । गत साता रू. ७ अर्ब ३८ करोड ६१ लाखभन्दा बढीको धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ८  अर्ब २० करोड ५७ लाखभन्दा बढीको धितोपत्र खरीदविक्री भएको छ। कारोबार कित्ता पनि यो साता ४५ लाख ८ हजार २२६ कित्ता बढी भएको छ ।  गत साता १ करोड ८० लाख ५७ हजार ८३४ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ करोड २५ लाख ६६ हजार ६० कित्ता धितोपत्र कारोबार भएको हो । यो साता सकारात्मक बनेको बजारको पूँजीकरण पनि गत साताभन्दा रू. ४३ अर्ब ७१ करोड ६४ लाखले बढेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३३ खर्ब ७  अर्ब ९२ करोड ६८ लाख रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख कायम भएको छ । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले स्थानीय चुनाबको माहोलका कारण गति लिने विश्वास जानकारहरुको छ । वित्तीय प्रणालीमा तरलता अभाव भइरहेको अवस्थामा चुनाबी खर्च वित्तीय प्रणालीमार्फत हुने र त्यसले तरलतामा केहि सहजता ल्याउने विश्वास उनीहरुको छ । साथै ब्रोकरमार्फत प्रवाह हुने मार्जिन कर्जालाई सहज बनाउने बातावरण बनेमा बजारले गति लिनेमा जानकारहरु विश्वस्त रहेका छन् ।  वित्त समूहको परिसूचक सर्वाधिक बढ्यो यो साता वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव शून्य १ प्रतिशतले बढेको हो ।  त्यस्तै यो साता म्युचुअल फण्ड समूहको ३ दशमलव ७३ प्रतिशत, जलविद्युत समूहको ३ दशमलव ४४ प्रतिशत, विकास बैंकको ३ दशमलव ३४ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव १९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, लगानी समूहको १ दशमलव ३३ प्रतिशतले घटेको छ ।  त्यसैगरी उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २१ प्रतिशत, अन्य समूहको १ दशमलव शून्य ९ प्रतिशत, लघुवित्त समूहको १ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता शून्य दशमलव १४ प्रतिशत र व्यापारिक समूहको १ दशमलव ५८ प्रतिशत परिसूचक घटेको छ । व्यापारिक समूहका लगानीकर्ताहरुले यो साता सर्वाधिक गुमाएका छन् ।   

सम्बन्धित सामग्री

दुई सातामा तरकारी किलोमै ५८ रुपैयाँसम्मले बढ्यो

दसैँ–तिहारजस्ता महत्वपूर्ण चाड सकिएसँगै तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार पछिल्लो साता तरकारीमा प्रतिकिलो नौ रुपैयाँदेखि ५८ रुपैयाँसम्मले वृद्धि भएको छ । कात्तिक दोस्रो साता...

३८ खर्बभन्दा तल झर्‍यो कुल बजार पूँजीकरण, सातामा करीब १८ अर्बको कारोबार

फागुन १४, काठमाडौं । यो साता नेप्से परिसूचक गत साताको तुलनामा ७१ द्यशमलव शून्य ७ अंकले तल झरेको छ । गत साता २ हजार ७३२ दशमलव ५१ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ६६१ दशमलव ४४ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन दिन बढेको छ भने दुई दिन घटेको छ । पहिलो दिन ३९ दशमलव ४० अंकले घटेको नेप्से दोस्रो दिन २५ दशमलव ४१ अंक र तेस्रो दिन १७ दशमलव ४२ अंकले बढेको थियो । त्यस पछिको दुई कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेर बन्द भएको छ । चौथो दिन १५ दशमलव ५० अंकले र पाँचौ दिन ५८ दशमलव ९९ अंकले नेप्से परिसूचक घटेर बन्द भएको हो । यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स ११ दशमलव शून्य ६ अंकले घटेको हो । गत साता ५१८ दशमलव ६४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५०७ दशमलव ५८ विन्दुमा बन्द भएको हो । गत साता रू. १८ अर्ब १९ करोड ९० लाख ४७ हजार बराबरको ३ करोड ५२ लाख २४ हजार २५७ कित्ता शेयर कारोबार भएको थियो । यो साता भने रू. १७ अर्ब ७२ करोड २१ लख १८ हजार बराबरको ३ करोड २९ लाख ३५ हजार २४३ कित्ता शेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता रू. ४७ करोड ६९ लाख २९ हजार बराबरको २२ लाख ८९ हजार १४ कित्ता कम शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण सूचकहरुमा कमि आउँदा यो साता सूचीकृत कम्पनीहरुको शेयरमूल्य अर्थात् कुल बजार पूँजीकरण पनि घटेको छ । गत साता रू. ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३७ खर्ब ६९ अर्ब ६३ करोड १७ लाख कायम भएको हो । फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा बढेको ब्याजदरका कारण प्रभावित हुदैं आएको बजार राष्ट्र बैंकले मार्जिन प्रकृतिका कर्जाको जोखिम भार वृद्धि गरी १५० पुर्‍याएकाले पनि थप प्रभावित बनेको टिप्पणी जानकारहरुको छ । यसअघि १०० प्रतिशत रहेको मार्जिन प्रकृतिको कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु¥याइएको छ । हाल बजार सञ्चालक नेप्से र नियमक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वलाई आगामी दिनमा बजारमा धितोपत्रका नयाँ औजारहरु थप गर्ने खालका नीतिलाई अघि बढाउन लगानीकर्ताहरुले सुझाब दिएका छन् । हाल बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बर्चश्व रहेकाले राष्ट्र बैंकको नीतिले मात्र पनि बजार प्रभावित हुने भएकाले यी बाहेक अन्य क्षेत्रका कम्पनीहरु बजारमा भित्र्याउन आगामी दिनमा पहल गर्नुपर्ने सुझाब लगानीकर्ताहरुको छ । यो साता जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाए   यो साता कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकहरुमध्ये जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा यो साता जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५ दशमलव ५८ प्रतिशत घटेको हो । यो साता जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४० प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । एमसीसी सम्झौतापछि जलविद्युतको शेयरमूल्य बढ्ने अपेक्षाका साथ पछिल्लो समय जलविद्युत समूह अन्तर्गतका कम्पनीमा शेयरधनीहरुको आकर्षण बढेको छ । गत साताभन्दा यो साता उत्पादन तथा प्रशोधन समूहको ४ दशमव ७७ प्रतिशत, व्यापारिकको ४ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ७७ प्रतिशत, लघुवित्तको ३ दशमलव ३१ प्रतिशत, लगानीको ३ दशमलव ३० प्रतिशत, विकास बैंकको ३ दशमलव २६ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ७२ प्रतिशत, वित्तको २ दशमलव ५२ प्रतिशत, बैंकिङ्गको २ दशमलव ३६ प्रतिशत, अन्य समूहको १ दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ९५ प्रतिशत परिसूचक घटेको छ ।  साताको बजारका सूचकहरुको अवस्था : साता व्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सातामा ८९ अर्बभन्दा बढीले घट्यो कुल बजार पूँजीकरण, कारोबार रकममा ६ अर्बको कमी

फागुन ७, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सूचकहरुमा कमि आएको छ ।  गत साताको तुलनामा यो साता नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार रकम तथा कित्ता र कुल बजार पूँजीकरण घटेको हो । गत साताभन्दा नेप्से परिसूचक यो साता ६९ दशमलव शून्य ५ अंकले तल झरेको छ । पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक तीन दिन घटेको छ भने दुई दिन बढेको छ । पहिलो दिन १०० दशमलव ६७ अंक घटेको बजार दोस्रो दिन शून्य दशमलव शून्य ८ प्रतिशत र तेस्रो दिन ५३ दशमलव ३० अंकले बढेको हो । त्यस्तै चौथो दिन १९ दशमलव ८४ अंक र पाँचौ दिन १ दशमलव ९४ अंकले बजार घटेको हो ।  गत साता २ हजार ८०१ दशमलव ५६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ७३२ दशमलव ५१ विन्दुमा झरेको हो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ६४ अंकले घटेको छ । गत साता ५२७ दशमलव २८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१८ दशमलव ६४ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटेसँगै कुल बजारपूँजीकरण रू. ८९ अर्ब ३५ करोड ३६ लाखले घटेको छ । गत साता रू. ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाखमा झरेको हो ।   यस साता रू. १८ अर्ब १९ करोड ९० लाख ४७ हजार बराबरको ३ करोड ५२ लाख २४ हजार २५७ कित्ता शेयर कारोबार भएको छ । गत साता भने रू. २४ अर्ब ४४ करोड ४६ लाख २९ हजार बराबरको ४ करोड ५६ लाख ८९ हजार ५५१ कित्ता शेयर कारोबार भएको थियो ।  गत साताको भन्दा यो साता रू. ६ अर्ब २४ करोड ७२ लाख ४४ हजार बराबरको १ करोड ४ लाख ६५ हजार २९४ कित्ता कम शेयर कारोबार भएको हो ।

साताको शेयर बजार : नेप्से परिसूचक ७३.२३ अंक घट्यो, १६ अर्बभन्दा बढीको कारोबार

पुस ३, काठमाडौं । अघिल्ला दुई साता निरन्तर पाँच प्रतिशतभन्दा बढीले घटेको नेप्से परिसूचक यो साता भने २ दशमलव ९९ प्रतिशत घटेको छ । गत साता २ हजार ४४९ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक अंकमा भने ७३ दशमलव २३ अंक तल झरेको हो ।  यो साता बजारले ६ प्रतिशतको सकारात्मक सर्किट देख्न पाएको थियो । पहिलो कारोबार दिन ८८ दशमलव ७३ अंक र दोस्रो दिन ७९ दशमलव ५७ अंक घटेको बजार तेस्रो कारोबार दिन भने ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बढेर कारोबारको करीब साढे २ घण्टाको अवधिमै बन्द भएको थियो ।  उक्त दिन बजार दुई पटक सकारात्मक सर्किट लागेको थियो । त्यस दिन १२ बजेर ३८ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटपछि ४० मिनेट बन्द भई खुला भएको बजार ९ मिनेटभित्रै थप एक प्रतिशत बढेपछि पुरै दिनका लागि कारोबार बन्द भएको थियो । तेस्रो दिन सकारात्मक सर्किट सहित बन्द भएको बजार चौथो दिन भने ४ दशमलव २३ अंकले घटेर बन्द भएको थियो । साताको अन्तिम कारोबार दिन भने बजार ३७ दशमलव ८७ अंकले घटेको हो । बजारमा लगानीयोग्य पूँजीको अभावका कारण बजार प्रभावित बनिरहँदा आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औधोगिक क्षेत्रमा लगाउनु पर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए ।  धितोपत्र दोस्रा बजार सूचनाको जोखिमका विच सञ्चालन हुने भएकाले माओवादी अध्यक्ष प्रचण्डको उक्त अधिव्यक्तिपछि पनि थप प्रभावित बनेको लगानीकर्ताहरुको आरोप छ । बजारले नकारात्मक कुराहरुलाई पचाईसकेकाले तरलता अभावका विच पनि बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर स्थिर राख्नु बजारका लाथि सकारात्मक रहेको टिप्पणी ब्रोकरहरुले गरेका छन् । यसका कारण पनि केहि समयदेखि निरास बनेका लगानीकर्ताहरु थप आशावादी बनेको ब्रोकरहरु बताउँछन् । यो साता बजारका समग्र परिसूचकहरु गत साताभन्दा कम भएका छन् । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७१ अंकले घटेको छ । गत साता ४६५ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ५३ विन्दुमा झरेको हो । कारोबार रकम पनि गत साताभन्दा यो साता ९८ करोड ७७ लाख ६७ हजारले घटेको छ । गत साता रू. १७  अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. १६ अर्ब ११ करोड ९ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमसँगै यो साता ३० लाख २२ हजार ९५ कित्ता कम शेयर कारोबार भएको छ । गत साता ३ करोड ९५ लाख ६  हजार ९६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ३ करोड ६४ लाख ८४ हजार ८७१ कित्ता शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण परिसूचकहरुमा कमी आएको यो साता सूचीकृत कम्पनीहरुको कुल शेयरमूल्य पनि रू. १ खर्ब २ अर्ब ८१ करोड ४४ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३४ खर्ब ४४  अर्ब २६ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाखमा झरेको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाए : यो साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरुको सम्पत्तिको मूल्य सर्वाधिक घटेको छ । गत साता १० हजार ८२६ दशमलव ७६ विन्दुमा रहेको निर्जीवन बीमाको समूहगत परिसूचक यो साता १० हजार १९८ दशमलव २८ व्न्दिुमा झरेको हो । गत साताभन्दा यो साता निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८० प्रतिशत घटेको हो । यो साता सबै समूहगत परिसूचक घटेका छन् । निर्जीवन बीमासँगै विकास बैंक समूहको परिसूचक ५ दशमलव ७८ प्रतिशत घटेको छ । त्यस्तै, व्यापारिकको ५ दशमलव ६५ प्रतिशत, बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३२ प्रतिशत, जलविद्युतको ३ दशमलव ८७ प्रतिशत, वित्तको २ दशमलव ३९ प्रतिशत, जीवन बीमाको ४ दशमलव ४२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८० प्रतिशत र लगानी समूहको २ दशमलव ९८ प्रतिशत परिसूचक घटेको हो । साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                           स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

यो साता ४ % भन्दा बढीले घट्यो नेप्से परिसूचक : लगानीकर्ताले करीब २ खर्ब गुमाए

असार १२, काठमाडौं । यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ । गत साताको तेस्रो कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन बढेपनि बाँकी दिन भने निरन्तर घटिरहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनी सूचीकृत रहेपनि ५१ ओटा कम्पनीहरुको नियामक निकायको धारणाले समग्र बजारलाईनै असर पुर्‍याएको हो ।  नियामकले कम्पनीहरुप्रति नकारात्मक धारणा भन्दा पनि यी कम्पनीहरुको वित्तीय अवस्था अनुसार बजारमूल्यमा उतारचढाब देखिएकाले अध्ययन अनुसन्धानपश्चात मात्र लगानी गर्ने सचेत गरेको बताउँदै आएको छ । बजार विकास र विस्तारका लागि निरन्तर सरकारात्मक कदम चाल्दै आएको बोर्डको गत साताको ५१ कम्पनीहरु प्रतिको धारणा समेटिएको प्रेस विज्ञप्तीले भने बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।   गत साताभन्दा यो साता नेप्से परिसूचक ४ दशमलव २३ प्रतिशत अर्थात् १२५ दशमलव ४७ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४३ विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबार दिन ६३ दशमलव २८ अंक, दोस्रो दिन ७१ दशमलव शून्य ६ अंक घटेको बजार तेस्रो दिन भने ७९ दशमलव ४४ अंकले बढेको थियो ।  चौथो दिन ५१ दशमलव ६५ अंकले फेरी घटेको बजार पाँचौ दिन १६ दशमलव ९६ अंकले घटेको छ । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १५ दशमलव ४७ अंक अर्थात् २ दशमलव ८६ प्रतिशतले कमि आएको छ । गत साता ५४१ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ६५ विन्दुमा बन्द भएको हो । यो साता गत साताभन्दा कारोबार रकम रू. ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता रू. ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता रू. ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम रू. ७ अर्ब ३ करोडमा खुम्चिएको छ । कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि घटेको छ । गत साता १५ करोड १७ लाख ७ हजार ४८२ कित्ता शेयर कारोबार भएकोमा यो साता १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता ४ करोड ९४ लाख ४१ हजार ९४१ कित्ता कम शेयर कारोबार भएको हो । यो साता बजारका सबै सूचकहरु नकारात्मक हुँदा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ८९ अर्ब ६६ करोड ९० लाख ३३ हजार घटेको छ । गत साता रू. ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार रहेको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख २० हजारमा झरेको छ ।  कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ६९ अर्ब ५० करोड रहेको छ । कम्पनीको अन्तिम मूल्य बिहीवार रू. १ हजार ३१३ कायम भएको छ । गत साता यो मूल्य रू. १ हजार २९८ थियो । गत साताको भन्दा यो साता नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेको हो । यो साता समूहगत सबै परिसूचकहरुमा कमी आएको छ । विकास बैंक र वित्त समूहको परिसूचक यो साता सर्वाधिक घटेको छ । गत साताभन्दा यो साता विकास बैंकको ७ दशमलव ५७ प्रतिशत र वित्तको ७ दशमलव २४ प्रतिशत परिसूचक घटेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                                 स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

निषेधाज्ञाका बीच यो साता शेयर बजारका सबै सूचक सकारात्मक, करीब ३४ अर्बको कारोबार

वैशाख २५, काठमाडौं । वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा शुरु भएको निषेधाज्ञाका बीच पनि शेयर बजारको कारोबार भने उत्साह जनक रहेको छ ।  निषेधाज्ञाका कारण व्यवसायिक अन्य क्षेत्रहरु प्रभावित बनेपनि शेयर कारोबार भने पूर्ण रुपमा सञ्चालन गरिएको छ । कारोबारका लागि सञ्चालन गरिएको अनलाईन कारोबार प्रणालीमार्फत नै घरभित्र सीमित भएको जनजीवन शेयर कारोबारमा सक्रिय रहेको देखिन्छ । यो साता नेप्से परिसूचक घटबढ भएपनि औषतमा बजारका सबै परिसूचकहरु सकारात्मक रहेका छन् । गत साताभन्दा यो साता बजारका महत्वपूर्ण सबै सूचकहरु बढेका छन् । यो साता गत साताभन्दा नेप्से परिसूचक २६ दशमलव शून्य ३ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख १६ गते २ हजार ६११ दशमलव १० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा तीन दिन बजार घटेपनि परिसूचक बढेको छ । साताको पहिलो कारोबार दिन ५४ अंकले बढेको बजार दोस्रो दिन १२ दशमलव ३५ अंकले घटेको थियो ।  त्यस्तै, तेस्रो कारोबार दिन १ दशमलव ९४ अंकले बढेको बजार चौंथो दिन ५ दशमलव शून्य ९ अंक र पाँचौ दिन १२ दशमलव ४७ अंकले घटेको छ । छोटो समयमै नाफा बुक गर्नेहरु हाबी हुँदा यो साता बजार करेक्सनको सिकार भएको जानकारहरु बताउँछन् । लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा बजारमा लगानी बढीरहेको अवस्थामा बजार घट्नुपर्ने कारण नरहेको जानकारहरुको भनाइ छ ।  समग्र शेयर कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव शून्य २ अंक बढेको छ । गत साता ४६९ दशमलव शून्य २ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७३ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । यो साता कारोबार रकम पनि गत साताभन्दा रू. ६ अर्ब ६३ करोड ७५ लाख ५५ हजार बढी भएको छ । गत साता रू. २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएको हो । यो साता सकारात्मक रहेको शेयर बजारको कुल पूँजीकरण रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार पुगेको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम रू. ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजार थियो । साताको कारोबारले कुल बजार पूँजीकरण रकम रू. ३७ अर्ब ९३ करोड ६० लाख ४१ हजार बढेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)