यो साता निरन्तर घट्यो धितोपत्र दोस्रो बजार, लगानीकर्ताले ८८ अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता चार कारोबार दिन धितोपत्र दोस्रो बजार सञ्चालन भएको थियो । एक दिन सार्वजनिक बिदाका कारण चार कारोबार दिन मात्र खुलेको दोस्रो बजार चार कारोबार दिन नै घटेको छ । पहिलो कारोबार दिन २७ दशमलव २१ अंक, दोस्रो दिन १ दशमलव ७६ अंक, तेस्रो दिन ६ दशमलव ४६ अंक र चौथो दिन २० दशमलव ७६ अंक बजार घटेको हो ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ६२ दशमलव शून्य ३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ५६ दशमलव २ अंक अर्थात् २ दशमलव ७३ प्रतिशत घटेर २ हजार ५ दशमलव ८३ विन्दुमा झरेको हो । यो साता धितोपत्र दोस्रो बजार मापक महत्त्वपूर्ण परिसूचकहरू गत साताको तुलनामा घटेका छन् । नेप्से परिसूचकसँगै यो साता गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स २ दशमलव ४४ प्रतिशत घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कलाई आधार मान्दा यो साता गत साताभन्दा कारोबार रकम ३९ दशमलव ७१ प्रतिशत कम भएको छ । गत साता २० अर्ब ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६६ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ३ करोड ५९ लाख ७४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।  गत साताभन्दा यो साता कारोबार रकम ८ अर्ब १२ करोड ४५ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २ करोड ६ लाख ४० हजारभन्दा कम भएको हो । औसतमा गत साता ४ अर्ब ९ करोड २३ लाख रुपैयाँभन्दा बढीको १ करोड १३ लाख २२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ३ अर्ब ८ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ८९ लाख ९३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसतमा गत साताभन्दा यो साता कारोबार रकम १ अर्ब ८० लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २३ लाख २९ हजारभन्दा कम भएको हो । नेप्से परिसूचकसँगै कारोबार रकम कम हुँदा लगानीकर्ता सस्तो मूल्यमा धितोपत्र कारोबार गर्न नचाहेको बुझ्न सकिन्छ । यतिबेला धितोपत्र दोस्रो बजार यसरी घट्न नपर्ने तर्क जानकारहरूले गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुनु, ब्याजदर कम हुनु र शेयर धितो कर्जा प्रवाह पनि बढ्दै जानु धितोपत्र दोस्रो बजारका लागि सकारात्मक रहेको तर्क जानकारहरूको छ ।  निरन्तर बजार घटेको साता लगानीकर्ताहरूले ८८ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिन कायम भएको कुल पूँजीकरणलाई आधार मान्दा २ दशमलव ७३ प्रतिशत घटेको देखिन्छ ।  गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी कायम भएको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहको परिसूचक घट्यो  यो साता उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने ४ दशमलव शून्य ६ प्रतिशत बढेको छ । यो साता गत साताभन्दा जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव १८ प्रतिशत घटेको छ । त्यस्तै निर्जीवन बीमाको ३ दशमलव ६९ प्रतिशत, होटल तथा पर्यटनको ३ दशमलव ५२ प्रतिशत, लगानीको ३ दशमलव ३८ प्रतिशत, जीवन बीमाको ३ दशमलव शून्य ९ प्रतिशत, विकास बैंकको २ दशमलव ९२ प्रतिशत, व्यापारिकको २ दशमलव ८१ प्रतिशत, लघुवित्तको २ दशमलव ५८ प्रतिशत, बैंकिङको २ दशमलव ३१ प्रतिशत, अनयको २ दशमलव शून्य १ प्रतिशत, वित्तको १ दशमलव ९२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६१ प्रतिशत परिसूचक घटेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  

सम्बन्धित सामग्री

बागमती सफाइ महाअभियानका ५५० साता, उपलब्धी र चुनौती

बागमती सफाइ महाअभियान सुरु भएको आज गौरवमय ५५० साता पुगेको छ । वि.सं. २०७० जेठ ५ गतेदेखि ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने मूलनाराका साथ एकैदिन, एकै समय निरन्तर...

झरीका कारण अन्तर्राष्ट्रिय गोल्डकप फुटबल स्थगित

संखुवासभाका केही साता अगाडिदेखि परेको निरन्तर झरीका कारण संखुवासभामा आयोजना हुने अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। निरन्तर झरी परेपछि खेलमैदानसमेत हिलाम्मे भएको कारणले प्रतियोगिता स्थगित गरिएको आयोजक एडभान्स...

अन्नपूर्ण केबलकार १ साता बन्द रहने

पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केबलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गते सम्म बन्द रहने कम्पनीले जनाएको छ ।  साथै केबलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म निरन्तर रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।

युक्रेनमाथि रुसी आक्रमणको एक साता

रुसले युक्रेनमाथि आक्रमण गरेको एक साता पूरा भएको छ । पछिल्ला घटनाक्रमले यो आक्रमण रोकिने संकेत देखिएको छैन । पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाए पनि रुसले युक्रेनमाथि आक्रमण गर्न रोकेको छैन । गत बिहीबारदेखि रुसले युक्रेनका ठूला शहरहरुमा निरन्तर आक्रमण गरिरहेको छ । जसले गर्दा हिंसा भड्किएको छ । रुसी आक्रमणका कारण लाखौं युक्रेनी जनताहरु सुरक्षाका लागि देश छोडेर जान बाध्य भएका छन् । युक्रेनको राजधानी किभमा पनि ठूलो संख्यामा रुसी सेना प्रवेश गरेको युक्रेनका अधिकारीहरुले बताएका छन् ।  रुसी आक

कोरोना संक्रमणदर निरन्तर ओरालो : २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि

पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जना, बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा

निरन्तर घटेको शेयर बजार यो साता कता जाला ?

निरन्तर घटेर २७ सयको बिन्दुमा पुगेको शेयर  बजारमा  यो  साता  औसत  दैनिक  कारोबार  रकम,  औसत शेयर सङ्ख्या, औसत कारोबार सङ्ख्या र बजार पुँजीकरण पनि घटेको छ । अघिल्लो  साता  २९३१.३४  बिन्दुमा  बन्द  भएको  नेप्से  यो साता  ५.१६  प्रतिशत  अर्थात्  १५१.३६  अङ्क  घटेर  २७७९.९८ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २५.०२ अङ्क घटेर ५१८.७२ बिन्दुमा झरेको छ । नेप्सेसँगै  कुल  बजार  पुँजीकरण ...

अझै एक साता मनसुन सक्रिय हुने

काठमाडौँ– आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । उनले भने, “वर्षा निरन्तर एकै ठाउँमा […]

अझै एक साता मनसुन सक्रिय हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।” उनले भने । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको ज

पुनः मनसुन सक्रिय: आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने औंल्याएको छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं